पुलबाट चिप्लिएर भट्टराईको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ५:१४ मा प्रकाशित

सोलुखुम्बु, २९ मंसिर–दूधकुण्ड यातायात व्यवसायी सङ्घका महासचिव दीपक भट्टराईको आइतबार राति मृत्युभएको छ ।

उदयुपुरको घुर्मीबाट जिप लिएर राति १० बजे खुर्कोट पुगेका भट्टराई गाडी रोकिएको समयमा हिँड्दै गर्दा पुलबाट चिप्लिएर लडेको दूधकुण्ड यातायात व्यवसायी सङ्घका दावा शेर्पाले जानकारी दिए ।
लडेपछि बेहोस बनेका २६ वर्षीय भट्टराईलाई उपचारका लागि मन्थली लगिएकोमा त्यहाँ सम्भव नभएपछि काठमाडौँ लैजाँदै गर्दा भकुञ्डेबेसीमा मृत्युभएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us