समाचार

एकनाथ ढकालले छाडे प्रचण्ड मोर्चा

२०७१ मंसिर २७ गते १४:१७

काठमाण्डु, २७ मंसिर– परिवार दलका अध्यक्ष एकनाथ ढकालले एकीकृत माओवादी नेतृत्वको मोर्चा छाडेका छन् । ] ढकालले एमाओवादीले पहिचानसहितको संघीय संविधान बनाउन दबाब दिने भन्दै संविधानसभामा रहेका १९ दलको मोर्चा शुक्रबार घोषणा गरेको थियो । यसअघि संविधानसभाका १० दल रहेको उक्त मोर्चा विस्तार हुनुअघि...

सालनालसहित जुम्ल्याहा छोरी बाँसघारीमा फाल्ने आमाबाबु को हुन् ?

२०७१ मंसिर २७ गते १३:४३

जनकपुर, २७ मंसिर– साल नालसहित झाडीमा फालिएका दुई नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरेको छ । महोत्तरीको खोपी गाविसस्थित बैरिया टोल र धनुषाको महेन्द्रनगरको बीचमा रहेको बाँसघारीमा दुई नवजात शिशु (छोरी) भेटिएको थियो । झाडीमा बच्चा रोएको हेर्न गएका स्थानीयले सालनालसहितको बच्चा देखेपछि प्रहरीमा...

सहिद बन्ने घोषणा गर्दै किराँतीले भने, ‘पहिचानविरोधी सभासदको तीन पुस्ते संकलन गर्दैछु’

२०७१ मंसिर २७ गते १३:२८

काठमाण्डु, २७ मंसिर– एकीकृत माओवादी नेता गोपाल किरातीले २ सय ५१ सदस्यीय किरात फोर्स घोषणा गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा किरातीले पहिचानसहितको संघीय संविधानका लागि भन्दै उक्त फोर्स घोषणा गरेका हुन् । फोर्सको संयोजकमा एमाओवादी पोलिट्ब्युरो सदस्य सुरेश राई तोकिएका छन्...

कार्यक्रम रद्द भए पनि भारतीय कमेडियन कपिल काठमाण्डुमा

२०७१ मंसिर २७ गते १३:२३

काठमाण्ड, २७ मंसिर–काठमाण्डुमा हुने भनिएको पर्पल फेस्टिीभललाई काठमाण्डु जिल्ला प्रशासनले रोक लगाएपनि उक्त कार्यक्रमका प्रमुख अतिथि भारतीय कमेडियन कपिल शर्मा काठमाण्डु आएका छन् । शनिबार हुने भनिएको कार्यक्रम शुरक्षाको कारण देखाउदै रोकिएको थियो । शनिवार दिउँसो काठमाण्डु आएका उनले होटल ¥याडिसनमा कार्यक्रम समेत गरेका थिए...

यसरी भयो ओलीको प्रस्तावमा माधव नेपालको बढुवा

२०७१ मंसिर २७ गते १३:१५

काठमाण्डु, २७ मंसिर– एमाले स्थायी समितिले महाधिवेशन सकिएको पाँच महिनापछि बल्ल स्थायी समितिमा दुईजना थपिएका छन् । मुख्यालय बल्खुमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीमा नेताद्वय माधवकुमार नेपाल र मुकुन्द न्यौपानेलाई स्थायी कमिटीमा मनोनयन गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । उनका...

हिन्दूवादीद्वारा काठमाण्डुस्थित बेलायती दूतावास घेराउ

२०७१ मंसिर २७ गते १२:५०

काठमाण्डु, २७ मंसिर– नेपालका लागि बेलायती राजदूत एन्डी स्पाक्र्र्सले खुलेआम धर्म परिवर्तन गर्न पाउनुपर्ने भन्दै लविङ गरेकामा आपत्ति जनाउँदै उनीविरुद्ध दूतावास भवन अगाडि नाराबाजी भएको छ । युवाहरुको एक समूहले काठमाण्डुको लैनचौरस्थित नेपाली दूतावास अगाडि धर्म परिवर्तनको विरोधमा नाराबाजी र प्रदर्शन गरेका हुन् ।...

एमाले निर्वाचन आइतबारसम्म स्थगित

२०७१ मंसिर २७ गते १२:३८

काठमाण्डु, २७ मंसिर– एमालेको आइतबार हुने भनिएको स्थायी कमिटी तथा पोलिटब्युरो सदस्यको निर्वाचन सहमतीका लागि भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको छ । शनिबार दिउसो मधेसी नेताहरुसँगको छलफलका कारण पार्टीमा सहमती मार्फत स्थायी कमिटी तथा पोलिटब्युरो निर्णय गर्न समय नपुगेको भन्दै आइतवार सम्मका लागि निर्वाचन...

राष्ट्रपति र राजदूतहरुलाई कमल थापाको यस्तो चेतावनी

२०७१ मंसिर २७ गते १२:२९

काठमाण्डु, २७ मंसिर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पश्चिमा मुलुकले नेपालमा नाङ्गो हस्तक्षेप गर्न थालेको भन्दै आपत्ति जनाएका छन् । रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा अध्यक्ष थापाले केही सञ्चार माध्यमले पश्चिमाहरुको डलरको प्रभावमा परेर हिन्दू धर्मको बदनाम गर्न लागि परेको आरोप लगाए ।...

गच्छदारले सत्ताका लागि खुट्टा उचालेपछि उपेन्द्र आक्रोशित

२०७१ मंसिर २७ गते १२:१४

काठमाण्डु, २७ मंसिर– फोरम अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चामा रहेका दलहरु सत्तामा जान हतारिएको भन्दै आक्रोश पोखेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै यालदवले मधेसी जनतालाई सत्तामा जाने भर्‍याङ नबनाउन चेतावनी दिएका हुन् । फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई एमाले अध्यक्ष केपी ओलीले...

ओलीले बोलाउँदा किन बालकोट गएनन् उपेन्द्र ?

२०७१ मंसिर २७ गते ११:५८

काठमाण्डु, २७ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको छलफल फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बहिस्कार गरेका छन् । सत्ता परिवर्तनको भित्री खेलमा लागेका ओलीले शनिबार साँझ आफ्नै निवास बालकोटमा बोलाएको मधेस केन्द्रित दलको बैठकमा उपेन्द्र नगएका हुन् । ओलीले एक साताअघि बोलाएको बैठकमा...

मिलेर संविधान ल्याऊः मन्त्री बस्नेत

२०७१ मंसिर २७ गते १०:५७

भक्तपुर, २७ मंसिर–उद्योग मन्त्री महेश बस्नेतले अब कसैले पनि द्धन्द्द र विद्रोहतिर नलागी मिलेर संविधान ल्याउनुपर्ने बताएका छ । आज भक्तपुरको सिरुटारस्थित चनमति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले अहिले विद्रोह गर्ने बेला नभई मुलुक बनाउने बेला आएको उल्लेख...

काठमाण्डुमा पानी पर्ने सम्भावना

२०७१ मंसिर २७ गते १०:२९

काठमाडौँ, २७ मंसिर–पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भई देशभर चिसो बढेको छ । अरब सागरबाट पाकिस्तान, जम्बु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुका कारण मौसम बदली भई विभिन्न स्थानमा पानी परेको मौसमविद् राजाराम ढकालले बताए । पश्चिमी वायु पूर्वसम्म विस्तार हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us