सहिद बन्ने घोषणा गर्दै किराँतीले भने, ‘पहिचानविरोधी सभासदको तीन पुस्ते संकलन गर्दैछु’

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते १३:२८ मा प्रकाशित

Gopal_Kiratiकाठमाण्डु, २७ मंसिर– एकीकृत माओवादी नेता गोपाल किरातीले २ सय ५१ सदस्यीय किरात फोर्स घोषणा गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा किरातीले पहिचानसहितको संघीय संविधानका लागि भन्दै उक्त फोर्स घोषणा गरेका हुन् ।

फोर्सको संयोजकमा एमाओवादी पोलिट्ब्युरो सदस्य सुरेश राई तोकिएका छन् ।

कार्यक्रममा नेता किरातीले बन्दुकले सिंहदरबार कब्जा गर्ने रामप्रसाद राईको फोटो भित्तामा टाँगेर बसेको भरमा किरात राज्य नपाइने भन्दै आन्दोलनमा उत्रन किरात समुदायलाई अपिल गरे ।

उनले पहिचानसहितको संघीयता कुनै जाति वा समुदायको विरोधका लागि नभएको उनको भनाइ थियो ।

उनले पहिचानसहितको संघीयताको विरोधमा उभिने सभासदको तीन पुस्ते उतार्ने काम भइरहेको बताए । उनले आफू किरात राज्य प्राप्तिको आन्दोलनमा सहिद हुन तयार रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us