सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैनः सञ्चारमन्त्री

काठमाण्डु टुडे २०८३ असार २१ गते १२:४८ मा प्रकाशित

काठमाण्डू, २१ असार– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन ।

आज (आइतबार) नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रतास् सञ्चार कानुन र जिम्मेवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन । उनले सरकार प्रेस स्वतन्त्रताको सङ्कुचन गर्नेतर्फ नलागेको पनि बताएका छन ।

उनले सरकारलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताए । सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पुर्‍याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानुनी व्यवस्था रहेको जिकिर गरे ।

कुनै विषयमा संवाद गर्न आवश्यक भए सरकार पत्रकारहरूसँग छलफल गर्न तयार रहेको बताए । सञ्चारमन्त्री तिमिल्सिनाले सरकार गैरजिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठुलो दायित्व भएको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us