समाचार

चर्पी नहुनेको भोजमा नजाने

२०७१ मंसिर २७ गते ५:५२

खोटाङ, २७ मंसिर–दक्षिणी गाविस छितापोखरीस्थित सेल्मे नागरिक सचेतना केन्द्रले चर्पी नबनाउने घरले आयोजना गर्ने भोजमा नजाने निर्णय गरेको छ । आगामी माघ मसान्तभित्र गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्ने अभियानलाई सफल पार्न यस्तो निर्णय भएको हो ।  चर्पी बनाउन अटेर गर्ने घरपरिवारलाई बाध्य बनाउन...

बाघको आक्रमणबाट तीन वर्षीय बालकको मृत्यु

२०७१ मंसिर २७ गते ३:४६

अर्घाखाँची, २७ मंसिर– सन्धिखर्क नगरपालिकामा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ । शुक्रबार साँझ ६:३० बजे सन्धिखर्क–१० किमडाँडाको रिपाहामा बाघको आक्रमणबाट तीन वर्षीय सुशान्त नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पटक–पटक बाघको आक्रमणबाट बालबच्चाको ज्यान जाँदासमेत बाघ मार्न प्रशासन लागिनपरेको...

पशुपतिमा सरसफाइ

२०७१ मंसिर २७ गते ३:१२

काठमाण्डु, २७ मंसिर– गान्धी इन्टरनेसनल मिसन नेपालको आयोजनामा पशुपतिनाथ मूलढोकादेखि परिसर क्षेत्रभित्र सरसफाइ गरिएको छ । पशुपतिनाथ सरसफाइ अभियानअन्तर्गत आजको कार्यक्रममा लायन्स क्लब काठमाण्डु, पशुपति आरती सेवा समूह, भजन समूह, अंकुर विद्याश्रम गौशालाका विद्यार्थी, भक्तजनलगायतको सहभागिता थियो । प्रत्येक महिनाको अन्तिम शनिबार मिसनको आयोजनामा...

पोखरामा पर्वतीय महोत्सव सम्पन्न

२०७१ मंसिर २७ गते २:३९

पोखरा, २७ मंसिर अन्तर्राष्ट्रिय पर्वतीय दिवस एवं चोयु हिमाल आरोहण हीरक जयन्तीको अवसरमा पर्वतीय संग्रहालय पोखरामा सञ्चालित तीनदिने पर्वतीय महोत्सव २०७१ शुक्रबार सम्पन्न भयो । नाफामूलक नभई नवीनतम ज्ञान, सीप र प्रविधिको विकास गर्ने उद्देश्यले नेपाल पर्वतारोहण संघद्वारा आयोजित सो महोत्सवको करिब २० हजार...

नामांकनको जिम्मा प्रदेश सभालाई

२०७१ मंसिर २७ गते २:३३

नुवाकोट, २७ मंसिर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रदेश नामांकनको जिम्मा प्रदेश सभालाई दिएपछि विवाद नरहने बताएका छन् । नुवाकोटको जिलिङ गाविसको कासीटारमा शुक्रबार आयोजित नेपाल रेडक्रस सोसाइटी झिल्टुङ उपशाखाको २२ औं साधारणसभामा नेता केसीले यस्तो बताएका हुन् । उनले सहमतिमै संविधान जारी...

कपिल शर्माको काठमाण्डुमा हुने कार्यक्रम रद्द

२०७१ मंसिर २६ गते १५:०८

काठमाण्डु, २६ मंसिर– सरकारले चर्चिच भारतीय कमेडियन कपिल शर्माको काठमाण्डुमा हुने कार्यक्रम रद्द गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले उक्त कार्यक्रम नगर्न शुक्रबार लिखित निर्देशन दिएको हो । एनसेलको आयोजनामा दशरथ रंगशालामा शनिबार उनको कार्यक्रम हुने तय भएको थियो । सुरक्षाको कारण देखाउँदै...

काँग्रेस नेता नै भन्छन्, ‘वर्तमान सरकार इतिहासकै भ्रष्ट’

२०७१ मंसिर २६ गते १४:४९

काठमाण्डु, २६ मंसिर– नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सरकारका कामकारबाही र संविधान निर्माण प्रक्रियामा पार्टी नेतृत्वको एकल निर्णयप्रति चर्को आलोचना भएको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सदस्यहरुले सरकार र पार्टी सञ्चालनमा नेतृत्व तानाशाही भएको आरोप...

गोपाल किराती भन्छन्, ‘राकेश सुदलेजस्तै अहिलेका भारतीय राजदूतले पनि जुत्ता खाने भए’

२०७१ मंसिर २६ गते १४:३४

काठमाण्डु, २६ मंसिर– एकीकृत माओवादी नेता गोपाल किरातीले नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई जुत्ता हान्नुपर्ने बेला आएको बताएका छन् । उनले लुम्बिनीको निषेधित क्षेत्रमा बिरुवा रोपेको भन्दै राजदूत रेलाई जुत्ता हान्नुपर्ने बताएका हुन् । पूर्वसंस्कृतिमन्त्री समेत रहेका किरातीले विश्व सम्पदा सूचीमा सूचीकृत जोखिमयुक्त...

नेता खनाल बैङ्कक प्रस्थान

२०७१ मंसिर २६ गते १३:०२

काठमाण्डु, २६ मंसिर– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज थाइल्यान्ड प्रस्थान गरेका छन् । बैंककमा आयोजना हुने नेपाली युवालाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी कार्यक्रममा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको...

म राजनीतिक जोगी हुँ : प्रधानमन्त्री

२०७१ मंसिर २६ गते १२:३४

काभ्रे, २६ मंसिर– सम्पत्ति विवरणमा तीन थान मोबाइल मात्रै सार्वजनिक गरेका प्रधानमन्त्री सुशील कोइरालाले आफू राजनीतिक जोगी भएको दाबी गरेका छन् । हिन्दू मान्यतामा घरबार त्यागेको र मायामोहबाट माथि उठेको सन्यासीलाई जोगी भनिन्छ । आफूलाई कुनै राजनीतिक लाभको मोह नभएको भन्ने अर्थमा प्रधानमन्त्रीले आफैलाई...

कोरियाली संस्थाले ८० करोड अनुदान सहयोग गर्ने

२०७१ मंसिर २६ गते १२:०५

काठमाडौँ, २६ मंसिर– कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग(कोइका) ले स्थानीयस्तरका जनताको जीवनस्तर सुधार ल्याउन ‘नवलपरासीमा समावेशी ग्रामीण विकास’ परियोजनालाई करिब रु ८० करोड अनुदान सहयोग गर्ने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा सोमलाल सुवेदी र कोइकाका प्रतिनिधि हेइङ्लान...

सभासदको मोबाइलमा म्यासेज, ‘तपाईं संविधान निर्माणमा लाग्नुभएको छ त ?’

२०७१ मंसिर २६ गते ११:५८

काठमाण्डु, २६ मंसिर– एमाले सम्बद्ध अनेरास्ववियुले समयमै संविधान जारी गर्न आग्रह गर्दै सभासदलाई मोबाइलमा एसएमएस पठाउन सुरु गरेको छ । संविधान जारी गर्ने समयसीमा माघ ८ आउन डेढ महिनाभन्दा कम समय बाँकी रहेका बेला विद्यार्थीले एसएमएस पठाएर सभासदलाई खबरदारी गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us