चर्पी नहुनेको भोजमा नजाने

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते ५:५२ मा प्रकाशित

खोटाङ, २७ मंसिर–दक्षिणी गाविस छितापोखरीस्थित सेल्मे नागरिक सचेतना केन्द्रले चर्पी नबनाउने घरले आयोजना गर्ने भोजमा नजाने निर्णय गरेको छ ।

images

आगामी माघ मसान्तभित्र गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्ने अभियानलाई सफल पार्न यस्तो निर्णय भएको हो ।  चर्पी बनाउन अटेर गर्ने घरपरिवारलाई बाध्य बनाउन केन्द्रले यस्तो निर्णय गरेको सामाजिक परिचालक रवीना सुवेदीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us