
काठमाण्डु, २६ मंसिर– सरकारले चर्चिच भारतीय कमेडियन कपिल शर्माको काठमाण्डुमा हुने कार्यक्रम रद्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले उक्त कार्यक्रम नगर्न शुक्रबार लिखित निर्देशन दिएको हो ।
एनसेलको आयोजनामा दशरथ रंगशालामा शनिबार उनको कार्यक्रम हुने तय भएको थियो । सुरक्षाको कारण देखाउँदै प्रशासनले उक्त कार्यक्रम रद्द गर्न निर्देशन दिएको आयोकजले जनाएको छ ।