कोरियाली संस्थाले ८० करोड अनुदान सहयोग गर्ने

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते १२:०५ मा प्रकाशित

काठमाडौँ, २६ मंसिर– कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग(कोइका) ले स्थानीयस्तरका जनताको जीवनस्तर सुधार ल्याउन ‘नवलपरासीमा समावेशी ग्रामीण विकास’ परियोजनालाई करिब रु ८० करोड अनुदान सहयोग गर्ने भएको छ ।

KOICA_official_logo_in_english

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा सोमलाल सुवेदी र कोइकाका प्रतिनिधि हेइङ्लान जोले उक्त परियोजना सञ्चालन गर्न सहमत भएका हुन् । नवलपरासीका पाँच गाउँ विकास समिति र एक नगरपालिकामा कार्यान्वन गर्ने सहमति भएको हो ।

उक्त परियोजना नवलपरासीको भुजहवा, गुथीप्रसाउनी, कुदीया, सनाइ र तमसरीया गाविस र सुनौल नगरपालिका जनतामा स्वाथ्य सुविधामा सहज पहुँच पु¥याउने, कृषि तथा सिँचाइ र स्थानीय पूर्वाधारको विकासमा लागू हुनेछ ।

सचिव डा सुवेदीका अनुसार उक्त आयोजना जनताको सहभागितामूलक तबरले कार्यान्वयन गरिने भएकाले स्थानीय जनताले प्रत्यक्ष लाभ लिई आफ्नो जीवनस्तर सुधार्नेछ । सम्झौताको मितिदेखि नै कार्यान्वयनमा आउने उक्त परियोजना आगामी पाँच वर्षभित्र सम्पन्न हुनेछ ।

सो अवसरमा कोइकाका प्रतिनिधि जोले उक्त परियोजनामा प्राविधिक तथा विज्ञहरुको सहभागी रहने भएपनि लक्षित वर्गको सबैभन्दा बढी फाइदा लिनसक्ने भएकाले कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us