काठमाण्डु, २६ मंसिर– एमाले सम्बद्ध अनेरास्ववियुले समयमै संविधान जारी गर्न आग्रह गर्दै सभासदलाई मोबाइलमा एसएमएस पठाउन सुरु गरेको छ ।
संविधान जारी गर्ने समयसीमा माघ ८ आउन डेढ महिनाभन्दा कम समय बाँकी रहेका बेला विद्यार्थीले एसएमएस पठाएर सभासदलाई खबरदारी गरेका हुन् ।
अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनसम्म संविधानसभाका ६ सय १ सदस्यलाई समयमै संविधान जारी गर्न आग्रग गर्दै एसएमएस पठाउन सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार सभासदहरुलाई ‘सभासदज्यू नमस्कार, तपाईं संविधान निर्माणमा लाग्नुभएको छ ? माघ ८ माघ संविधान आउँछ त ?’ भन्ने एसएमएस पठाइएको छ ।