नामांकनको जिम्मा प्रदेश सभालाई

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते २:३३ मा प्रकाशित

नुवाकोट, २७ मंसिर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रदेश नामांकनको जिम्मा प्रदेश सभालाई दिएपछि विवाद नरहने बताएका छन् ।

arjun narsingh kc_20120922061538
नुवाकोटको जिलिङ गाविसको कासीटारमा शुक्रबार आयोजित नेपाल रेडक्रस सोसाइटी झिल्टुङ उपशाखाको २२ औं साधारणसभामा नेता केसीले यस्तो बताएका हुन् । उनले सहमतिमै संविधान जारी गर्नका लागि प्रयास भइरहेकाले केही महिना ढिला हुन सक्ने बताए ।

उनले भने, ‘एकीकृत माओवादीले जातीय राज्यको अडान नछाडेकाले आगामी माघ ८ गते संविधान जारी हुने सम्भावना टर्दै गएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us