समाचार

सहमतिको संविधान माघ ८ मै : प्रचण्ड

२०७१ मंसिर २६ गते ८:५३

काठमाण्डु, २६ मंसिर–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिका आधारमा नै आगामी माघ ८ गतेभित्र संविधान जारी गराउनु आफ्नो पार्टीको महत्वपूर्ण कार्यभार भएको बताएका छन् । जनजाति आन्दोलनका अगुवाहरुसँग आज बिहान आफ्नै निवास लाजिम्पाटमा भएको छलफलमा उनले पहिचानमा आधारित सङ्घीयता र सङ्घीयतासहितको संविधान जारी...

खड्गबहादुरले यसरी गरे वैद्यलाई असक्षम घोषणा

२०७१ मंसिर २६ गते ८:४८

सिन्धुपाल्चोक, २६ मंसिर– नेत्रविक्रम चन्द नेतृत्वको नवगठित नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विकले आफ्ना पूर्वनेता मोहन वैद्य असक्षम नेता भएको आरोप लगाएका छन् । सिन्धुपाल्चोकको चौतारामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले वैद्यले सिद्धान्तका मात्र कुरा गरेर काम नगरेको आरोप लगाए । राजनीति र सिद्धान्त फरक...

के कारणले मरे अचानकै सयभन्दा बढी चरा ?

२०७१ मंसिर २६ गते ७:५१

गौशाला, २६ मंसिर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–७ मा आज बिहान अचानक १०० भन्दा बढी चरा मरेका छन् । जलेश्वर – ७ बजराही टोलमा अवस्थित राष्ट्रिय प्राथमिक विद्यालय वरिपरि ती चरा मरेको स्थानीय बासिन्दा रञ्जन मण्डलले बताए । बिहीबार साँझसम्म पनि त्यस ठाउँ वरिपरि...

रसुवाको हाकुमा पनि बिजुली बल्यो

२०७१ मंसिर २६ गते ७:४५

रसुवा, २६ मंसिर– राष्ट्रिय प्रसारणको पहुँच नपुगेको हाकुको तिरु गाउँमा माइक्रोहाइड्रोमार्फत विद्युत् सेवा विस्तार भएको छ । दालदुङ खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष रमेश घलेका अनुसार गाउँ नजिकै खोलामा खेर गएको पानीलाई सदुपयोग गर्दै १४ किलोवाट क्षमताको माइक्रोहाइड्रो जल विद्युत् निर्माण गरिएको हो ।...

अपहृत यातायात व्यवसायीक अझै फेला परेनन्

२०७१ मंसिर २६ गते ७:३७

लहान, २६ मंसिर– करिब एक महिनाअघि अपहरणमा परेका सिरहा लहान नगरपालिका–३ का यातायात व्यवसायी गुरुदयाल महतोको अवस्था अझै सार्वजनिक भएको छैन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पंसेरा गाविसस्थित अमहा नजिकैबाट गत कात्तिक २९ गते अपहरणमा परेका महतोको अवस्था हालसम्म सार्वजनिक नभएको हो । आफ्नो निजी...

महाधिवेशन माग्दै नेविसंघले काँग्रेसलाई ज्ञापनपत्र बुझायो

२०७१ मंसिर २६ गते ६:५८

काठमाण्डु, २६ मंसिर– नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको माग गर्दै विद्यार्थी नेताहरुले नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको केन्द्रीय समितिमा विद्यार्थी नेता नैनसिंह महरको नेतृत्वमा गएका विद्यार्थीले नेविसङ्घको गरिमालाई जोगाई राख्नका लागि महाधिवेशन आवश्यक...

पूर्वाञ्चल विश्वविद्यालयका भ्रष्टाचारीमाथि कारबाही माग

२०७१ मंसिर २६ गते ६:००

काठमाण्डु, २६ मंसिर– विभिन्न दल सम्वद्ध ६ विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालयमा चरम आर्थिक अनियमितता भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । उनीहरुले अन्तरिम समयका लागि हालै नियुक्त उपकुलपति शिरीष रिजालले विश्वविद्यालयलाई दीर्घकालिन असर पर्ने गरी आर्थिक चलखेलमा लागेर पदाधिकारी तथा कर्मचारी...

पूर्वी तराईमा शीतलहरले बिरामी बढे

२०७१ मंसिर २६ गते ५:५२

विराटनगर, २६ मंसिर– विगत केही दिनदेखि चलेको शीतलहरका कारण पूर्वी तराईका जिल्लामा चिसो एक्कासि बढ्नाले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो बढेपछि यसबाट वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् । चिसो बढेसँगै विराटनगरस्थित कोसी अञ्चल अस्पतलामा बिरामीको चापमा समेत वृद्धि भएको छ...

जहाँ कुटानीपिसानी र प्रहरी चौकी एउटै भवनमा छ

२०७१ मंसिर २६ गते ५:४३

खोटाङ, २५ मंसिर– जिल्लाको दक्षिणी गाविस वाप्लुखामा प्रहरी चौकी र कुटानीपिसानी मिल एउटै भवनमा सञ्चालन गर्दा समस्या भएको छ । प्रहरी चौकीको आफ्नै भवन नभएपछि मिल राखिएको विद्यालयको भवनमा प्रहरी चौकीसमेत सञ्चालन गर्दा दैनिक कामकारबाहीमा समस्या भएको चौकीका इन्चार्ज प्रहरी हबलदार लालचन राजवंशीले बताए...

हत्यारा एघार वर्षपछि समातिए

२०७१ मंसिर २६ गते ५:३६

महोत्तरी, २६ मंसिर– ज्यान मार्ने उद्योग गरी फरार रहेका एक अभियुक्तलाई बिहीबार साँझ महोत्तरी प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको इटहर्वाकट्टी गाविस–२ बस्ने ५१ वर्षीय नवोनारायण सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विसं २०६० चैतमा इटहर्वाकट्टी–२ स्थित...

मिल्ला त ओली र नेपालबीच भागबन्डा ?

२०७१ मंसिर २६ गते ३:४९

काठमाण्डु, २६ मंसिर– नेकपा एमालेले पाँच महिनायता हुन नसकेको स्थायी र पोलिट्ब्युरो समिति गठन पक्रिया आजबाट सुरु गर्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय बल्खुमा बस्ने केन्द्रीय समितिको बैठकले यो प्रक्रिया अगाडि बढाउने भएको हो । नवौं महाधिवेशनको सकिएको ५ महिना बित्दासमेत आन्तरिक...

पार्टीको लफडा छाडेर झलनाथ थाइल्याण्ड जाँदै

२०७१ मंसिर २६ गते ३:४०

काठमाण्डु, २६ मंसिर– एमाले वरिष्ठ नेता झलनाथ खनाल आज थाइल्याण्ड जाँदैछन् ।   पार्टी स्थायी समिति र पोलिट्ब्युरो गठन तथा कार्यविभाजनको विषयमा पार्टीभित्र अध्यक्ष केपी ओली र नेता माधव नेपाल समूहबीच विवाद चर्केका बेला सुरु भएको केन्द्रीय समिति बैठक छाडेर खनाल बैंकक जान लागेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us