काठमाण्डु, २६ मंसिर– नेकपा एमालेले पाँच महिनायता हुन नसकेको स्थायी र पोलिट्ब्युरो समिति गठन पक्रिया आजबाट सुरु गर्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय बल्खुमा बस्ने केन्द्रीय समितिको बैठकले यो प्रक्रिया अगाडि बढाउने भएको हो । नवौं महाधिवेशनको सकिएको ५ महिना बित्दासमेत आन्तरिक विवादका कारण स्थायी समिति र पोलिटब्युरो गठन हुन् सकेको थिएन ।
महाधिवेशनमा दुई वटा प्यानलै खडा गरेर चुनाव लडेका माधव नेपाल र केपी ओलीबीचमा देखिएको विवदका कारण अहिलेसम्म ती कमिटि गठन हुन नसकेका हुन् ।
नेपाल पक्षले एक कार्यकाल पूर्ण केन्द्रीय सदस्य भएकालाई पोलिटब्युरो सदस्य बनाउनु पर्ने अडान राखे पनि अध्यक्ष ओलीले बैकल्पिक केन्द्रीय सदस्यबाट पनि पोलिट्ब्युरोमा लैजान सकिने गरी विधान छपाएपछि दुई नेताबीच विवाद चर्केको हो ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकले विधानको विवाद मिलाउन सुझाव दिने गरी उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेल सम्मिलित दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले दुवै पक्षलाई मान्य हुनेगरी विवाद समधानको उपाय सुझाएर प्रतिवेदन बुझाएलगत्तै केन्द्रीय समिति बैठक बस्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।