हत्यारा एघार वर्षपछि समातिए

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ५:३६ मा प्रकाशित

महोत्तरी, २६ मंसिर– ज्यान मार्ने उद्योग गरी फरार रहेका एक अभियुक्तलाई बिहीबार साँझ महोत्तरी प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।

pakrau-arrest

पक्राउ पर्नेमा जिल्लाको इटहर्वाकट्टी गाविस–२ बस्ने ५१ वर्षीय नवोनारायण सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विसं २०६० चैतमा इटहर्वाकट्टी–२ स्थित सडकमा नवोनारायणसहितले स्थानीय राजाराम सिंहलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेर सोही बेलादेखि फरार रहँदै आएकामा उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।

घटनापछि भारतमा लुकेर बस्दै आएका सिंहलाई घर आएको सुराकीका आधारमा जानकारी पाएपछि पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us