पूर्वी तराईमा शीतलहरले बिरामी बढे

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ५:५२ मा प्रकाशित

विराटनगर, २६ मंसिर– विगत केही दिनदेखि चलेको शीतलहरका कारण पूर्वी तराईका जिल्लामा चिसो एक्कासि बढ्नाले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

sitlahar

चिसो बढेपछि यसबाट वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् । चिसो बढेसँगै विराटनगरस्थित कोसी अञ्चल अस्पतलामा बिरामीको चापमा समेत वृद्धि भएको छ ।

चिसोका कारण रुघाखोकी, नेमोनिया, कोल्ड डायरिया तथा श्वासप्रश्वासका बिरामीको सङ्ख्यामा वृद्धि भई अस्पतालमा बिरामीको चाप बढेको चिकित्सक बताउँछन् ।

अञ्चल अस्पतालमा अहिले दैनिक ३०० भन्दा बढी सो रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा चिसोका कारण बिरामीको चाप वृद्धिसँगै इमरजेन्सी (आपत्कालीन) सेवामा शय्याको अभाव भएको छ ।

पूर्वाञ्चलका १६ जिल्ला तथा भारतीय सीमावर्ती क्षेत्रका बिरामीसमेत अस्पतालमा उपचार गराउन आउने गरेका छन् ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us