रसुवाको हाकुमा पनि बिजुली बल्यो

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ७:४५ मा प्रकाशित

रसुवा, २६ मंसिर– राष्ट्रिय प्रसारणको पहुँच नपुगेको हाकुको तिरु गाउँमा माइक्रोहाइड्रोमार्फत विद्युत् सेवा विस्तार भएको छ ।

Bijuli

दालदुङ खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष रमेश घलेका अनुसार गाउँ नजिकै खोलामा खेर गएको पानीलाई सदुपयोग गर्दै १४ किलोवाट क्षमताको माइक्रोहाइड्रो जल विद्युत् निर्माण गरिएको हो । वद्युत् निर्माण भएपछि हाकु गाविस–८ तिरु गाउँका १३१ घरपरिवारमा बिजुली बत्ती उपभोगको सेवा पुगेको छ ।

रु ७३ लाखको लागतमा निर्मित उक्त माइक्रोहाइड्रो जडान गर्ने कार्यका लागि जिविस तथा गाविस, गरिबी निवारणकोष वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्थानीय उपभोक्ताले आवश्यक रकम तथा जनश्रमदान ब्यहोरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us