के कारणले मरे अचानकै सयभन्दा बढी चरा ?

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ७:५१ मा प्रकाशित

गौशाला, २६ मंसिर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–७ मा आज बिहान अचानक १०० भन्दा बढी चरा मरेका छन् ।

Chara

जलेश्वर – ७ बजराही टोलमा अवस्थित राष्ट्रिय प्राथमिक विद्यालय वरिपरि ती चरा मरेको स्थानीय बासिन्दा रञ्जन मण्डलले बताए । बिहीबार साँझसम्म पनि त्यस ठाउँ वरिपरि त्यस्तो केही देखिएको थिएन । तर आज बिहानैदेखि विद्यालय वरिपरि तराईमा पाइने बकुल्ला, मैना, भँगेरीलगायत चराचुरुङ्गी मरेको स्थानीयवासी मोहन ठाकुरले बताए ।

चराहरु आज बिहानैदेखि त्यस ठाउँमा आएर अचानक आएर मर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । उनीहरुले आफ्ना गाईवस्तु, बाख्रा पनि चरिचरणका लागि खोल्न डराएका छन् ।

चरा के कति कारणले मरेको भन्नेबारे स्थानीयवासीलाई केही थाहा छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us