गोपाल किराती भन्छन्, ‘राकेश सुदलेजस्तै अहिलेका भारतीय राजदूतले पनि जुत्ता खाने भए’

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते १४:३४ मा प्रकाशित

Gopal_Kiratiकाठमाण्डु, २६ मंसिर– एकीकृत माओवादी नेता गोपाल किरातीले नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई जुत्ता हान्नुपर्ने बेला आएको बताएका छन् ।
उनले लुम्बिनीको निषेधित क्षेत्रमा बिरुवा रोपेको भन्दै राजदूत रेलाई जुत्ता हान्नुपर्ने बताएका हुन् ।

पूर्वसंस्कृतिमन्त्री समेत रहेका किरातीले विश्व सम्पदा सूचीमा सूचीकृत जोखिमयुक्त संरक्षित क्षेत्रमा विदेशी राजदूतले जबर्जस्ती बिरुवा रोपेपनि केही नबोलेको भन्दै संस्कृति मन्त्रालय, पुरातत्व विभाग र युनेस्कोप्रति आपत्ति जनाए ।

‘जसरी भारतीय राजदूतले दादागिरी देखाएर प्रतिबन्धित क्षेत्रमा बिरुवा रोपेका छन्’, किरातीले भने, ‘मलाई लागेको छ कि उनलाई पनि राकेश सुदलाई जसरी नै जुत्ता हान्ने बेला आएजस्तो छ ।’

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरनजिकै राजदूत रेले बिहीबार बोधिवृक्ष रोपेका थिए ।

किराती नेतृत्वमा रहेका माओवादी कार्यकर्ताले केही वर्षअघि ततकालिन भारतीय राजदूत राकेश सुदमाथि सोलुखुम्बुको फाप्लु विमानस्थलमा जुत्ता प्रहार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us