
काठमाण्डु, २७ मंसिर– गान्धी इन्टरनेसनल मिसन नेपालको आयोजनामा पशुपतिनाथ मूलढोकादेखि परिसर क्षेत्रभित्र सरसफाइ गरिएको छ ।
पशुपतिनाथ सरसफाइ अभियानअन्तर्गत आजको कार्यक्रममा लायन्स क्लब काठमाण्डु, पशुपति आरती सेवा समूह, भजन समूह, अंकुर विद्याश्रम गौशालाका विद्यार्थी, भक्तजनलगायतको सहभागिता थियो । प्रत्येक महिनाको अन्तिम शनिबार मिसनको आयोजनामा पशुपतिनाथ क्षेत्रमा सरसफाइ गर्ने गरिएको मिसनका उपाध्यक्ष एवं अभियानका संयोजक भरत शर्माले जानकारी दिए ।
अर्काे हप्तादेखि पाक्षिक रुपमा हुने सरसफाइ अभियानमा निजी विद्यालयका विद्यार्थीलाई व्यापक रुपमा परिचालन गरिने जनाइएको छ ।