बाघको आक्रमणबाट तीन वर्षीय बालकको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते ३:४६ मा प्रकाशित

अर्घाखाँची, २७ मंसिर– सन्धिखर्क नगरपालिकामा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ । शुक्रबार साँझ ६:३० बजे सन्धिखर्क–१० किमडाँडाको रिपाहामा बाघको आक्रमणबाट तीन वर्षीय सुशान्त नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पटक–पटक बाघको आक्रमणबाट बालबच्चाको ज्यान जाँदासमेत बाघ मार्न प्रशासन लागिनपरेको भन्दै स्थानीय बासिन्दाले जंगलबाट बालकको शव उठाएका छैनन् । विरोधस्वरुप आफन्तले बालकको शव नउठाइ कुरेर बसिरहेको जानकारी स्थानीयबासी ठाकुर भुसालले दिए ।

अर्घखाँचीमा बाघको आक्रमणबाट पछिल्लो डेढ वर्षको समयमा ६ जनाको ज्यान गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us