ओलीले बोलाउँदा किन बालकोट गएनन् उपेन्द्र ?

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते ११:५८ मा प्रकाशित

upendra yadavकाठमाण्डु, २७ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको छलफल फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बहिस्कार गरेका छन् ।

सत्ता परिवर्तनको भित्री खेलमा लागेका ओलीले शनिबार साँझ आफ्नै निवास बालकोटमा बोलाएको मधेस केन्द्रित दलको बैठकमा उपेन्द्र नगएका हुन् ।

ओलीले एक साताअघि बोलाएको बैठकमा भने उनी गएका थिए । त्यतिबेला ओलीले दिवो भोज खुवाउँदै सत्तासमीकरणका बारेमा मधेसवादीसँग छलफल गरेका थिए ।

सोही छलफलको निरन्तरता स्वरुप शनिबार पनि मधेस केन्द्रित दलका नेता बालकोट पुगेका हुन् ।

उपेन्द्र संविधान जारी गर्नुअघि मधेसवादी दल सरकारमा जान नहुने पक्षमा छन् ।

तर विजय गच्छदारसहित केही नेता सरकारमा जान हतारिएका छन् ।
उपेन्द्र सहभागी नभएको छलफलमा मधेसी दलका तर्फबाट फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतोलगायत नेता छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us