काठमाण्डु, २७ मंसिर– परिवार दलका अध्यक्ष एकनाथ ढकालले एकीकृत माओवादी नेतृत्वको मोर्चा छाडेका छन् ।
]
ढकालले एमाओवादीले पहिचानसहितको संघीय संविधान बनाउन दबाब दिने भन्दै संविधानसभामा रहेका १९ दलको मोर्चा शुक्रबार घोषणा गरेको थियो ।
यसअघि संविधानसभाका १० दल रहेको उक्त मोर्चा विस्तार हुनुअघि परिवार दल पनि सामेल थियो ।
संविधानसभामा रहेका साना दललाई समेटेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा १९ दलीय मोर्चा घोषणा गरिएको हो ।