
भक्तपुर, २७ मंसिर–उद्योग मन्त्री महेश बस्नेतले अब कसैले पनि द्धन्द्द र विद्रोहतिर नलागी मिलेर संविधान ल्याउनुपर्ने बताएका छ ।
आज भक्तपुरको सिरुटारस्थित चनमति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले अहिले विद्रोह गर्ने बेला नभई मुलुक बनाउने बेला आएको उल्लेख गरे ।
माघ ८ गते संविधान जारी गर्ने एजेन्डा सबै दलको भएको औँल्याउँदै मन्त्री बस्नेतले भने, “माघ ८ गतेभित्र संविधान जारी गर्नै पर्छ, संविधान जारी नभए मुलुक समृद्धितिर जाँदैन, मुलुकलाई अब समृद्धितिर लैजान पनि संविधान जारी गर्ने माघ ८ को मिति पर सार्नु हुँदैन ।”
द्धन्द्द, विद्रोहलाई अबको राजनीतिले नछाडे दल र राजनीतिप्रति जनताको विश्वास हराएर जाने बताउँदै उनले संविधान निर्माण गर्ने अहिलेको अवसरलाई कसैले पनि गुमाउनु नहुने े बताए । कार्यक्रममा उनले स्थानीय ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए ।