हिन्दूवादीद्वारा काठमाण्डुस्थित बेलायती दूतावास घेराउ

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते १२:५० मा प्रकाशित

hindubadiकाठमाण्डु, २७ मंसिर– नेपालका लागि बेलायती राजदूत एन्डी स्पाक्र्र्सले खुलेआम धर्म परिवर्तन गर्न पाउनुपर्ने भन्दै लविङ गरेकामा आपत्ति जनाउँदै उनीविरुद्ध दूतावास भवन अगाडि नाराबाजी भएको छ ।

युवाहरुको एक समूहले काठमाण्डुको लैनचौरस्थित नेपाली दूतावास अगाडि धर्म परिवर्तनको विरोधमा नाराबाजी र प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले शनिबार दिउँसो तीन बजेदेखि एक घण्टा धर्म परिवर्तनको वकालत बन्द गर, आयातित धर्म निरपेक्षता खारेज गर’ भन्नेजस्ता  नारा लगाएका थिए । प्रदर्शनको अगुवाई ‘संगठित हिन्दू युवा संयोजन अभियान’ ले गरेको थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर राजदूत स्पार्कले धर्मपरिवर्तन गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न भन्दै सभासदहरुलाई पत्र पठाएर आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us