समाचार

बढे जातीय भेदभाव तथा छुवाछूतका घटना

२०७१ मंसिर २८ गते ७:०१

काठमाडौँ, २८ मंसिर–मुलुकका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै गएको छ  । राष्ट्रिय दलित आयोगका अनुसार चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म आयोगमा जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी सातवटा निवेदन दर्ता भएका छन् । आयोगले अन्य १० वटा छुवाछूतसम्बन्धी घटनालाई पत्रपत्रिकामा छापिएको आधारमा खोजीनीति...

करेन्ट लागेर तीनको मृत्यु

२०७१ मंसिर २८ गते ६:१४

चरीकोट, २८ मंसिर– दोरम्बामा ११ हजार भोल्टको प्रसारण लाइनको तार चुँडियर गाउँमा बाँडिएको वितरण लाइनमा जुध्दा भएको करेन्ट प्रवाहबाट तीन स्थानीयवासीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा–५ का ६५ वर्षीय इन्द्रबहादुर मगर र २५ वर्षीय चण्डेलाल तामाङ तथा दोरम्बा–७ का ६२ वर्षीय अम्बरबहादुर थापा...

चिसोका कारण दुईको मृत्यु

२०७१ मंसिर २८ गते ६:१२

लहान, २८ मंसिर–केही दिनयता बढेको शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ । मङ्सिरको अन्तिम सातादेखि सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै...

शुल्क वृद्धिको विरोधमा कपिलवस्तुका क्याम्पसमा लागे ताला

२०७१ मंसिर २८ गते ६:०८

कपिलवस्तु, २८ मंसिर–शुल्क वृद्धिको विरोध गर्दै विद्यार्थी सङ्गठनहरुले जिल्लाका सबै क्याम्पसमा संयुक्त रुपमा तालाबन्दी गरेका छन् । क्याम्पसले गरेको ५० प्रतिशत  भन्दा अधिक शुल्क वृद्धिको विरोधमा जिल्लाका सातवटा क्याम्पसमा एकैसाथ तालाबन्दी गरिएको अनेरास्ववियुका जिल्ला सचिव प्रकाश गौतमले बताए । तालाबन्दी अघि विद्यार्थी सङ्गठनले विद्यार्थीको...

एमाओवादी केन्द्रीय समिति बैठक सुरु

२०७१ मंसिर २८ गते ५:४५

काठमाण्डु, २८ मंसिर– लामो समयपछि एमाओवादीको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाडाँमा सुरु भएको छ । बैठक यसअघि पटकपटक बोलाउदै सार्दै गरिएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण, शान्ति प्रक्रिया, पार्टीको आगामी कार्यक्रम तथा बर्तमान राजनीतिको समिक्षा समेटिएको राजनीतिक...

प्रचण्ड पक्षधरको आरोप, ‘वैद्य र बादललाई फर्कन नदिन बाबुरामलाई पार्टी बुझाउन खोजियो’

२०७१ मंसिर २८ गते ५:४१

काठमाण्डु, २८ मंसिर–आन्तरिक विवादका कारण पछिल्लो ५ महिनायता बस्न नसकेको एकीकृत माओवादी केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण प्रक्रिया, पार्टीको आगामी कार्यदिशा र...

शौचालय जान लाग्दा युवती बलात्कार गर्न खोज्ने प्रहरी खोरमा

२०७१ मंसिर २८ गते ५:०३

सिन्धेपाल्चोक, २८ मंसिर– सिन्धुपाल्चोक सिपापोखरेकी एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिपापोखरे–७ का २२ वर्षीय गोकुल नेपाली र २० वर्षीय प्रेमबहादुर सार्की छन् । घरबाट राति २ बजे शौचालय जाने क्रममा  किशोरीलाई जबर्जस्ती गरेको इलाका...

पानी परेका बेला माइक्रोबाट गलहत्याएर वृद्ध यात्रु ओराल्ने ड्राइभर–खलाँसी पक्राउ

२०७१ मंसिर २८ गते ४:२५

काठमाण्डु, २८ मंसिर– ट्राफिक प्रहरीले गुडिरहेको माइक्रोबाट यात्रु निकाल्ने चालक र सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक देवराज तामाङ सहचालक गणेश पाठक रहेको प्रहरीले जनाएको छ । बा १ ज ९०७८ नम्बरको माइक्रोसहित उनीहरुलाई बिहान पक्राउ गरिएको मानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको...

पोलिट्ब्युरोमा ओली र नेपालको भागबण्डा

२०७१ मंसिर २८ गते ३:५३

काठमाण्डु, २८ मंसिर– नेकपा एमालेले आज पोलट्ब्यिुरो चयन गर्ने भएको छ । विवादका कारण महाधिवेशन सकिएको पाँच महिना बित्दासमेत एमाले पोलिट्ब्युरोले पूर्णता पाउन सकेको छैन । स्थायी समिति सहमतिमै गठन गरेका नेताहरुले पोलट्ब्यिुरो चयन पनि सहमतिमै हुने बताएका छन् । सहमति प्रयासमा अध्यक्ष केपी ओली...

देशभर चिसो बढ्यो, उच्च पहाडी क्षेत्रमा भारी हिमपात

२०७१ मंसिर २८ गते ३:३१

काठमाण्डु, २८  मंसिर–  हिउँदे वर्षा र हिमपातसँगै देशभर एक्कासि चिसो बढेको छ । पश्चिम तरार्इ तथा पहाडी क्षेत्रमा वर्षाका साथै हुस्सु र उच्च हिमाली क्षेत्रमा भूभागमा बाक्लो हिउँ परेको छ । उपत्यकासहितका क्षेत्रमा आज पनि हल्का वर्षा हुने र उच्च पहाडी क्षेत्रमा हिमताप जारी रहने...

भारतीय कमेडियन कपिल भन्छन्, ‘आँसुको मोल नबुझ्नेलाई हाँसोको अर्थ के थाहा ?’

२०७१ मंसिर २८ गते १:४९

काठमाण्डु, २८ मंसिर– भारतीय कमेडियन कपिल शर्माले नेपाली दर्शकमाझ कार्यक्रम प्रस्तुत गर्न नपाएकामा दु:ख व्यक्त गरेका छन् । ‘सुरक्षा’ कारण देखाउँदै शनिबार पूर्वनिर्धारित ‘पर्पल फेस्ट’ रद्द भए पनि नेपाल आएका कपिलले शनिबार साँझ सञ्चारकर्मीमाझ कार्यक्रम प्रस्तुत गर्न नपाएकोमा दु:ख लागेको धारणा व्यक्त गरे ।...

हिन्दू राष्ट्रको विरोध गर्नेको हात काट्ने खुमबहादुरको धम्की

२०७१ मंसिर २७ गते १५:५३

झापा, २७ मंसिर  काँगे्रेस नेता एवम् हिन्दू राष्ट्र अभियानका संयोजक काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले हिन्दू राष्ट्रको विरोध गर्नेको हात काट्ने धम्की दिएका छन् । झापाको दमकमा शनिबार भएको कार्यक्रममा हिन्दू राष्ट्र अभियानको उदघाटन गर्दै खड्काले हिन्दू राष्ट्रको विरोध गर्नेको हात टुक्राटुक्रा पारिदिने बताएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us