पानी परेका बेला माइक्रोबाट गलहत्याएर वृद्ध यात्रु ओराल्ने ड्राइभर–खलाँसी पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ४:२५ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– ट्राफिक प्रहरीले गुडिरहेको माइक्रोबाट यात्रु निकाल्ने चालक र सहचालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चालक देवराज तामाङ सहचालक गणेश पाठक रहेको प्रहरीले जनाएको छ ।

बा १ ज ९०७८ नम्बरको माइक्रोसहित उनीहरुलाई बिहान पक्राउ गरिएको मानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नयाँ बसपार्क–रत्नर्पाक चल्ने उक्त माइक्रोमा बिहान गोंगबुबाट चढेका एक वृद्धलाई सहचालक पाठकले ठमेल गल्कोपाखामा जबर्जस्ती गाडीबाट निकालेका थिए ।

ठेलमठेल यात्रु रहेको माइक्रोमा उभिन नसकेपछि ढोका छेउमा बसेका वृद्धलाई सहचालक पाठकले जबर्जस्ती ओरालेका थिए ।

वर्षात भइरहेका बेला वृद्ध यात्रुमाथि अमानवीय व्यवहार गरेको भन्दै माइक्रोमा रहेका अन्य यात्रुले खबर गरेपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us