देशभर चिसो बढ्यो, उच्च पहाडी क्षेत्रमा भारी हिमपात

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ३:३१ मा प्रकाशित

came-fireकाठमाण्डु, २८  मंसिर–  हिउँदे वर्षा र हिमपातसँगै देशभर एक्कासि चिसो बढेको छ ।
पश्चिम तरार्इ तथा पहाडी क्षेत्रमा वर्षाका साथै हुस्सु र उच्च हिमाली क्षेत्रमा भूभागमा बाक्लो हिउँ परेको छ ।
उपत्यकासहितका क्षेत्रमा आज पनि हल्का वर्षा हुने र उच्च पहाडी क्षेत्रमा हिमताप जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम नेपालका तीन हजार मिटरभन्दा माथि तापक्रम घटेर माइनस तीन डिग्रीमा झरेको महाशाखाको भनाइ छ ।

मुस्ताङसहित, हुम्ला, जुम्ला, मुगु, मुस्ताङ र कालिकोटका उच्च क्षेत्रमा शनिबारदेखि भारी हिमपात भइरहेको छ । यस्तै पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोला र पाथीभरालगायत स्थानमा पनि भारी हिमपात भएको छ । हिमपातका कारण उच्च पहाडी क्षेत्रमा यातायात र हवाई सेवा प्रभावित भएका छन् ।
चिसो बढेपछि राजधानीमा अघिल्ला दिनहरुको तुलतामा आज बिहान मानिसहरुको चहलपहल घटेको छ । तराई क्षेत्रमा अत्यावश्यक कामबाहेक कोही बाहिर निस्केका छैनन् । हिमाली क्षेत्रका मानिस घरभित्रै आगो तापेर बसेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार चिसो बढ्ने क्रम अझै केही दिन जारी रहने छ । न्यूनचापीय वायुका कारण देशका अधिकांश भूभागमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यूनचापीय जलबाष्पयुक्त बायु इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर भारत हुँदै शनिबार नेपाल भित्रिएको महाशाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us