एमाओवादी केन्द्रीय समिति बैठक सुरु

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ५:४५ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– लामो समयपछि एमाओवादीको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाडाँमा सुरु भएको छ । बैठक यसअघि पटकपटक बोलाउदै सार्दै गरिएको थियो ।

maoist-office
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण, शान्ति प्रक्रिया, पार्टीको आगामी कार्यक्रम तथा बर्तमान राजनीतिको समिक्षा समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता दिनानाथ शर्माले काठमाण्डु टुडेलाई बताए ।
दोस्रो संविधानसभाको निर्वाचन देखि कुनै पनि कमिटी, मोर्चा, भातृ संगठनले पार्टीको अकरमन्यताका कारण केही पनि काम गर्न नसकिरहेको अवस्थामा हुन लागेको बैठकलाई पार्टीको आन्तरिक जिवनमा विशेष महत्वका हेरिएको छ । यसै बैठकले पार्टीको विशेष महाधिवेशन गर्ने निर्णय लिदै नेतृत्व परिवर्तनको बिषयमा पनि निर्णय गर्न सक्ने ठानिएको छ ।
बैठकअघि प्रचण्ड निवास लाजिम्पाटमा भएको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकमा लैजाने प्रस्तावबारे छलफल गर्नुका साथै पार्टी पदाधिकारी कमिटी विघटन गर्ने निर्णय गरेको बताइएको छ ।
पार्टी पदाधिकारीमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, कोषाध्यक्ष हरिबोल गजुरेल र सचिवमा रहेका गिरिराजमणी पोखरेल र बर्षमान पुन छन् । नेता बाबुराम भट्टराई पक्षिय नेताले पहिला नै राजिनामा दिई विशेष महाधिवेशनको माग गर्दै आइरहेका थिए । केन्द्रीय समितिलाई विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रचण्ड निवास स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us