काठमाण्डु, २९ मंसिर–विद्यालय शिक्षामा देखिएको असमानतालाई हटाउँदै एकीकृत समता रणनीति तयार पारिएको छ । लक्ष्यित समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने मुख्य ध्येयले विद्यालय शिक्षाका लागि एकीकृत समता रणनीति २०७१ तयार पारिएको छ । विद्यालय सुधार योजनाको मध्यावधि मूल्याङ्कन २०१२ ले दिएको सुझावका आधारमा...
गोरखा, २९ मंसिर–अहिले सहरका उपभोक्ताले १२ घन्टा विद्युत्भार कटौतीको मार खेपिरहेका छन् । तर गोरखाको लापु गाविसका गाउँमा दिनभर बिजुली बल्छ । गाउँमा सञ्चालित तीन लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आवश्यकताभन्दा धेरै भएपछि दिनभर बाल्ने गरेको स्थानीयवासी बताउँछन् । लापु गाविसस्थित नौलीखोलाको विभिन्न तीन...
राजविराज, २९ मंसिर–सप्तरीको शम्भुनाथ नगरपालिकामा कुटपिटबाट सोमबार एक व्यक्तिको मृत्यु भएको छ । कुटपिटबाट मृत्यु हुनेमा शम्भुनाथ–८ बस्ने ४० वर्षीय जोगिन्द्र सदा रहेको प्रहरीले जनाएको छ । स्थानीय जोगिन्द्र सदा र कल्याणपुर गाविस वडा नं ५ बस्ने ३५ वर्षीय सुन्दर चौधरीबीच झगडा हुदा लठ्ठीको प्रहारबाट...
काठमाण्डु, २९ मंसिर–पश्चिमी वायुको प्रभाव सकिएर आज मुलुकभरको मौसममा सामान्य सुधार आएपनि उक्त वायु पुनः सक्रिय हुँदै गएका कारण अझै केही दिन मौसम बदली भई चिसो बढ्ने अनुमान गरिएको छ । अरब सागरबाट पाकिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुका कारण...
काठमाण्डु, २९ मंसिर– नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कांग्रेस–एमालेको सात प्रदेशको प्रस्ताव जनताको चाहना भएको दाबी गरेका छन् । संविधानसभाको आजको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिद्धारा प्रस्तुत प्रतिवेदनमाथि बोल्दै पौडेलले संसदीय शासकीय व्यवस्था उपयुक्त भएकाले समयमै सहमति गरेर माघ ८ गते संविधान जारी...
नवलपरासी, २९ मंसिर–नवलपरासीको कावासोतीस्थित डन्डामा रहेको युवराज महतोको सङ्हाती टेलर्समा आगलागी हँुदा करिब चार लाख बराबरको क्षति भएको छ । त्रिभुवनटार सहकारी संस्थाको सटर भवनमा भाडामा सञ्चालनमा रहेको टेलर्स पसलमा गएराति विद्युत् तार सर्ट हुन गई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय...
कञ्चनपुर, २९ मंसिर– समावेशी सङ्घीय प्रदेशका लागि नेकपा (माले) ले सञ्चालन गरेको हस्ताक्षर अभियानअन्तर्गत कञ्चनपुरमा बीस हजार हस्ताक्षर सङ्कलन भएको छ । समावेशी सङ्घीय प्रदेश कायम हुनुपर्ने भन्दै नेकपा (माले)ले कात्तिक २२ गदेखि सञ्चालन गरेको अभियानअन्तर्गत सो हस्ताक्षर सङ्कलन गरेको हो । जातिय स्वायत्त...
दाङ, २९ मंसिर– वादी महिलाको चौथो राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सुरु भएको छ । वादी महिलाको हक हितका पक्षमा सरकारद्वारा यसअघि गरिएका सहमति, निर्णय, घोषणा सिफारिसको कार्यान्वयन अवस्थाका विषयमा गहन छलफल गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो । राष्ट्रिय वादी महिला अधिकार सङ्घर्ष समिति...
काठमाण्डु, २९ मंसिर–काठमाण्डु महानगरपालिकाले गैरकानुनी रुपमा जथाभावी फोहर फाल्ने विभिन्न सङ्घ÷संस्था तथा व्यक्तिलाई कारबाहीस्वरुप जरिवानाबाट आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले गैरकानुनी रुपमा फोहर फाल्ने, विज्ञापन तथा प्रचार सामग्री टाँसेर सहरी सुन्दरता विगार्ने, सानातिना किराना पसल, खाजा घर, सवारीसाधन खरिद...
विराटनगर, २९ मंसिर– सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले प्रधानमन्त्री सुशील कोइरालाको प्रतिबद्धताअनुसार आगामी माघ ८ गते पूर्ण संविधान जारी हुने दाबी गरेका छन् । प्रेस युनियन मोरङले सोमबार गरेको पत्रकारसम्मेलनमा उनले त्यसका लागि वभिन्न दलसँग दुई पक्षीय एवम् बहुपक्षीय वार्ता र सहमतिको प्रयास भइरहेको...
उदयपुर, २९ मंसिर– केही दिनयता मौसम परिवर्तनसँगै चिसो बढ्दै गएपछि उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रका विद्यालयको पठनपाठन प्रभावित भएको छ । चिसोको कारण विध्यालयमा विध्यार्थी नै उपस्थिति हुन छाडेपछि विध्यालयको पठनपाठन नै प्रभावित हुन थालेको पोखरी–३ पञ्चकन्या प्रावि मलबाँसेका शिक्षिका कुमारी बुढाथोकीले बताइन...
वीरगञ्ज, २९ मंसिर– पर्साको पटेवर्वा सुगौली– ९ मा प्रहरी र गाँजा तस्कर समूहबीच भिडन्त भएको छ । नारायण अञ्चल प्रहरी कार्यालयको गस्ती टोली र प्रहरीबीच सोमबार बिहान चार बजेको समयमा दोहोरो गोली हानहान भएको हो । तस्कर समूहले मकवानपुरको मनहरीबाट पर्सा वन्यजन्तु आरक्षको जंगल...