समाचार

पर्यटक गाडीमा गरिएको आगजनीको भ्रर्त्सना

२०७० कार्तिक २८ गते ३:२७

काठमाण्डु, २८ कात्तिक–होटल संघ नेपालले पोखरातर्फ गइरहेको पर्यटक सवार गाडीमा केही अज्ञात समूहले आगजनी तथा तोडफोड गरेको घटनाप्रति दुःख व्यक्त गर्दै घोर भ्रर्त्सना गरेको छ । साथै कास्की लेखनाथमा पार्किङ गरिराखिएको दुईवटा पर्यटक गाडीमा पनि अज्ञात समूहद्वारा तोडफोड गरिएको समाचारप्रति संघले दुःख व्यक्त गरेको...

आज विश्व मधुमेह दिवस

२०७० कार्तिक २८ गते ३:२०

काठमाण्डु, २८ कात्तिक–विश्व मधुमेह दिवस विहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरिन्छ । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको...

मुस्लिम संगठनले मागे हिन्दू राष्ट्र

२०७० कार्तिक २८ गते १:४३

विराटनगर, २८ कात्तिक–विराटनगरका मुस्लिम समुदायले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरेका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी मुस्लिम अगुवाहरुले नेपाल हिन्दू राष्ट्र भएमात्र मुस्लिम समुदाय सुरक्षित हुने धारणा गरे । राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम सङ्गठन नेपालले रानीमा बुधबार आयोजना गरेको मुस्लिम भेलामा संगठनका...

प्रचण्डको निर्वाचन क्षेत्रमा झलनाथ जाँदै

२०७० कार्तिक २७ गते १७:४१

काठमाण्डु, २७ कात्तिक–संविधानसभा निर्वाचनका प्रचार प्रसारको क्रममा नेकपा (एमाले) का शीर्ष नेताहरु पछिल्लो समयमा आफ्नो चुनावी क्षेत्रका साथै अन्य विभिन्न जिल्लामा हुने चुनावी सभामा सहभागी हुन थालेका छन । अन्य क्षेत्रबाट पनि माग भएपछि ठूला आमसभा नगर्ने नीति भएपनि शीर्ष नेताहरुका विभिन्न कार्यक्रम तय...

भारतले दियो साढे ८१ करोडका ७१६ वटा गाडी

२०७० कार्तिक २७ गते १७:२६

काठमाण्डु, २७ कात्तिक–संविधानसभा निर्वाचनको प्रयोजनका लागि गृह मन्त्रालयलाई भारत सरकारले अनुदान सहयोग स्वरूप विभिन्न प्रकारका ७१६ वटा यातायातका साधन उपलब्ध गराएको छ । ती साधनमा ट्रक, जीप, पानी ट्याङ्कर र कार रहेका छन् । तीमध्ये नेपाल प्रहरीले ४५८, सशस्त्र प्रहरी बलले २०६ र बाँकी...

धमिरा र कमिला झैं लाम लागौं: उप्रेती

२०७० कार्तिक २७ गते १३:२३

काठमाण्डु, २७ कात्तिक– नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले चुनाव असफल पार्न नसकेपछि कमभन्दा कम मत खसाल्ने वातावरण सर्जना गरी चुनावको वैधता माथि प्रश्न उठाउने दाउमा लागेको छ । उसको त्यो योजना सफल हुन नदिनका लागि प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले धमिरा र कमिला...

सामाखुशीमा पेट्रोल बम प्रहार, ४ वर्षकी बालिकासहित ८ घाइते

२०७० कार्तिक २७ गते १३:१४

काठमाण्डु, २७ कात्तिक– काठमाण्डु सामाखुशीमा अज्ञात समूहद्वारा एक माइक्रो बसमाथि पेट्रोल बम प्रहार भएको छ । गुडिरेहके बा १ ज ९८९१ नम्बरको माइक्रोमा बुधबार पौने ५ बजे पेट्रोल बम प्रहार हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भिर रहेको प्रहरी प्रभाग सामाखुशीले...

सेनाद्वारा दुई हेलिकप्टर किन्ने प्रक्रिया सुरु

२०७० कार्तिक २७ गते १२:५७

काठमाण्डु, २७ कात्तिक– नेपाली सेनाले दुई वटा हेलिकोप्टर खरिद प्रक्रिया सुरु गरेको छ ।  सरकारले राष्ट्रको सुरक्षा र प्रतिरक्षाका लागि उपयुक्त हुने दुई थान हेलिकप्टर खरिद गर्ने स्वीकृति दिएपछि सेनाले प्रक्रिया सुरु गरेको हो । सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार...

दुई मधेसी पार्टीबीच चुनावी तालमेल

२०७० कार्तिक २७ गते १२:२१

सिरहा, २७ कात्तिक । तराई मधेसमा मधेसी पार्टीहरुकै जनआधार कमजोर भइरहेको अवस्थामा सिरहामा दुई मधेसी पार्टीहरुबीच चुनावी तालमेलको सहमति भएको छ । राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र तराई मधेस सद्भावना पार्टी (तमसपा)बीच सिरहा–६ मा चुनावी तालमेल भएको हो । चुनावी तालमेल...

हामीलाई पाखा लगाउन पाइदैनः वैद्य

२०७० कार्तिक २७ गते १०:३४

काठमाण्डु, २७ कात्तिक– संविधानसभाको चुनाव बिथोल्न यातायात बन्द गरिरहेको नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य, किरणले शान्तिप्रक्रियाको एक अभिन्न अंग आफूहरु रहेको दाबी गर्दै माओवादीलाई पाखा लगाएर शान्तिप्रक्रिया निश्कर्षमा पुग्न नसक्ने बतएका छन् । उनले भने, ‘हामीलाई वेवास्ता गरियो, यसरी पाखा लगाउन पाइँदैन, यसले द्वन्द्वको समाधान...

कमल थापालाई निर्वाचन खल्लो लाग्यो

२०७० कार्तिक २७ गते १०:३३

पर्सा, २७ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा–माओवादीलगायत ३३ दलले संविधानसभा निर्वाचनको प्रक्रियाबाट अलग्गिएका कारण निर्वाचन खल्लो लागेको बताएका छन् । उनले भने, ‘माओवादीलगायतका दलहरु निर्वाचन प्रक्रियाबाट अलग्गिएपछि मुलुकमा निर्वाचनको वातावरण खल्लो भएको छ ।’ राजनीतिक र संवैधानिक सङ्कटको चक्रब्यूहमा नेपाल...

पार्टीले बम पड्काउन थालेको भन्दै ४४ वैद्य माओवादीले पार्टी छाडे

२०७० कार्तिक २७ गते १०:०६

जाजरकोट, २७ कात्तिक– हिंसात्मक गतिविधिमा लागेकोमा असहमति जनाउ“दै मोहन वैद्य नेकपा–माओवादीका ४४  कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । लामो समयदेखि आफूहरु पार्टीमा सक्रिय रहेको र पार्टीको केन्द्रीय नेतृत्वले शान्तिपूर्ण बहिष्कार गर्ने भने पनि तल्लोस्तरमा पार्टीले हिंसात्मक गतिविधि सुरु गरेर बम पड्काउने र भौतिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us