यस्तो छ बालिका विद्यालय ल्याउने रणनीति

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ९:२९ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर–विद्यालय शिक्षामा देखिएको असमानतालाई हटाउँदै एकीकृत समता रणनीति तयार पारिएको छ । लक्ष्यित समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने मुख्य ध्येयले विद्यालय शिक्षाका लागि एकीकृत समता रणनीति २०७१ तयार पारिएको छ ।

images

विद्यालय सुधार योजनाको मध्यावधि मूल्याङ्कन २०१२ ले दिएको सुझावका आधारमा शिक्षा मन्त्रालयले यो रणनीति तयार पारेको हो । शिक्षा विभागद्वारा यो रणनीतिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा शिक्षा विकासका साझेदार सस्था राष्ट्रसङ्घीय बालकोष युनिसेफ, विश्व खाद्य कार्यक्रम, नर्वेली राजदूतावास, विश्व बंैक र सेभ द चिल्ड्रेनको आर्थिक एवम् प्राविधिक सहयोगमा रणनीति ल्याइएको बताइयो ।

पछिल्लो जनगणनाअनुसार नेपालमा १२३ भाषाभाषी तथा १२६ जातीय समुदायका मानिस बसोवास गर्दछन् । अझै धेरै बालबालिका भौगोलिक, लैङ्गिक, जातीय, भाषिक, आर्थिक, शारीरिक, मानसिक तथा अन्य कारणले गुणस्तरीय शिक्षाको पहुँचबाट बाहिर रहेका छन् ।

पत्रकार सम्मेलनमा विभागका निर्देशक टेकनारायण पाण्डेले विभिन्न कारण विद्यालय छाड्ने छात्रछात्रा दरमा कमी ल्याउन एवम् सिकाइ उपलब्धिमा सुधार ल्याउन रणनीतिले सहयोग मिल्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us