निर्धारित समयमा नै संविधान आउने सञ्चारमन्त्रीको दाबी

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ६:३० मा प्रकाशित

विराटनगर, २९ मंसिर– सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले प्रधानमन्त्री सुशील कोइरालाको प्रतिबद्धताअनुसार आगामी माघ ८ गते पूर्ण संविधान जारी हुने दाबी गरेका छन् ।

Role of Media in Constitution Making Process
प्रेस युनियन मोरङले सोमबार गरेको पत्रकारसम्मेलनमा उनले त्यसका लागि वभिन्न दलसँग दुई पक्षीय एवम् बहुपक्षीय वार्ता र सहमतिको प्रयास भइरहेको जानकारी दिए ।

दोस्रो संविधानसभामा जनताले दिएको दुई तिहाइ मतलाई आधार बनाएर विभिन्न दलसँग सहमति कायम गर्ने बताउँदै मन्त्री रिजालले जनताको मतका आधारमा संविधानसभाले संविधान निर्माण गर्ने विचार व्यक्त गरे ।

उनले आगामी संविधानमा सबै दलको स्वामित्व होस् भन्ने चाहनाअनुसार सरकार संविधानसभाभित्र र बाहिर रहेका दलसँग वार्ता एवम् सहमति कायम गर्न अन्तिम अवस्थासम्म प्रयत्नशील रहने धारणा व्यक्त गरे ।

मन्त्री रिजालले जनताको समर्थन चाहने संविधानसभा बहिष्कार गर्ने राजनीतिक दलले संविधान निर्माणमा सहयोग गर्नुपर्ने आवश्यकता आँैल्याए ।

एक प्रश्नको जवाफमा मन्त्री रिजालले सङ्घीय लोकतन्त्र गणतन्त्र पक्षधर एमाओवादी, मधेसी मोर्चा सरकारमा सहभागी भए संविधान जारी गर्न सहज एवम् उनीहरूको स्वामित्व पनि हुने कुरामा जोड दिए ।

उनले माघ ८ गते संविधान जारीपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन हुने जानकारीसमेत सञ्चारकर्मीलाई गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us