मालेले गर्यो बीस हजार हस्ताक्षर सङ्कलन

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ७:५१ मा प्रकाशित

कञ्चनपुर, २९ मंसिर–  समावेशी सङ्घीय प्रदेशका लागि नेकपा (माले) ले सञ्चालन गरेको हस्ताक्षर अभियानअन्तर्गत कञ्चनपुरमा बीस हजार हस्ताक्षर सङ्कलन भएको छ ।

समावेशी सङ्घीय प्रदेश कायम हुनुपर्ने भन्दै नेकपा (माले)ले कात्तिक २२ गदेखि सञ्चालन गरेको अभियानअन्तर्गत सो हस्ताक्षर सङ्कलन गरेको हो ।

जातिय स्वायत्त र संरक्षित जातीय स्वायत्तः इकाइ गठन गर्नुपर्ने र मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने मुद्दालाई अघिसार्दै राजनीतिक दलका नेता, सभामुख र सभासद्लाई दबाब दिनका लागि हस्ताक्षर सङ्कलनको कार्य भइरहेको कन्चनपुर जिल्ला सदस्य गोवद्धन श्रेष्ठले बताए ।

‘पार्टीले प्रस्तावित गरेको समावेशी सङ्घीय प्रदेशले आर्थिक रुपमा विकास गर्न सहज हुने र सबैजातजातीलाई समेट्ने भएकाले जनसर्मथन बढ्दो रुपमा पाइरहेका छौँ’, उनले भने ।

पुस ४ गते प्रमुख जिल्ला अधिकारीमार्फत सङ्कलित हस्ताक्षर सभामुखलाई बुझाइने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us