दाङ, २९ मंसिर– वादी महिलाको चौथो राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सुरु भएको छ ।
वादी महिलाको हक हितका पक्षमा सरकारद्वारा यसअघि गरिएका सहमति, निर्णय, घोषणा सिफारिसको कार्यान्वयन अवस्थाका विषयमा गहन छलफल गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो ।
राष्ट्रिय वादी महिला अधिकार सङ्घर्ष समिति र दलित महिला एकता केन्द्र दाङको आयोजनामा भएको सम्मेलनमा १५ भन्दा बढी जिल्लाबाट दुई सय वादी महिलाहरुको सम्मेलनमा सहभागीता रहेको छ ।
वादी महिलाहरुले राज्यले आफूहरूसँग गरेका सहमति कार्यान्वयन नगरेकोमा दुःख व्यक्त गरे ।
वादी समुदायको अधिकार र विकासका विषयमा भएका प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा राज्यले दिने सेवा सुविधाबाट आफूहरु वञ्चित हुनुपरेको ती महिलाले गुनासो गरेका छन् ।
राष्ट्रिय वादी महिला अधिकार सङ्घर्ष समितिका अध्यक्ष जहरा वादीले सिमान्तकृत समुदायका हक अधिकारलाई अब बन्ने संविधानमा उल्लेख गर्न माग गरिन् ।