
काठमाण्डु, २९ मंसिर–काठमाण्डु महानगरपालिकाले गैरकानुनी रुपमा जथाभावी फोहर फाल्ने विभिन्न सङ्घ÷संस्था तथा व्यक्तिलाई कारबाहीस्वरुप जरिवानाबाट आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ ।
महानगरपालिकाले गैरकानुनी रुपमा फोहर फाल्ने, विज्ञापन तथा प्रचार सामग्री टाँसेर सहरी सुन्दरता विगार्ने, सानातिना किराना पसल, खाजा घर, सवारीसाधन खरिद बिक्री गर्ने सङ्घ–संस्था, शैक्षिक परामर्शदाता, अस्पताल तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने आयोजक, फलफूल तथा जुसका व्यापारीलाई कारबाही गरी जरिवानास्वरुप सो रकम संकलन गरेको हो । जसमा साउनदेखि गत शनिबारसम्म ४६२ जनालाई कारबाही गरिएको छ ।
चारसय ६२ मध्ये १८७ जनालाई प्रहरीेले पक्राउ गरेको हो भने बाँकीलाई महानगरपालिकाको टोलीले पक्राउ गरेको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अठारौँ शिखर सम्मेलन सकिएपछि पनि महानगरपालिकाले ‘हरियाली काठमाडाँै’ अभियानलाई जारी राख्ने योजनाअनुसारले जथाभावी फोहर फाल्नेलाई कारबाही गरिँदै आएको महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख हरि कँुवरले जानकारी दिए ।
गैरकानुनी रुपमा फोहर फाल्नेलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ को कसुरअनुसार सजायको दफा ३९ अनुसार रु ५०० देखि एक लाखसम्म जरिवाना र तीन महिना कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था रहेको छ ।
सार्कका अवसरमा महानगरपालिकाले रु नौ लाख मूल्यका ५०० गमला, रु १० लाखका झन्डै दुई हजार साना÷ठूला रूख बिरुवा र रु १३ लाखका ४७५ वटा रूख अडाउने बार ट्रिद्व गार्ड पनि राखेको छ । रासस