चिसोको कारण पठनपाठन प्रभावित

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ६:२० मा प्रकाशित

उदयपुर, २९ मंसिर– केही दिनयता मौसम परिवर्तनसँगै चिसो बढ्दै गएपछि उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रका विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

चिसोको कारण विध्यालयमा विध्यार्थी नै उपस्थिति हुन छाडेपछि विध्यालयको पठनपाठन नै प्रभावित हुन थालेको पोखरी–३ पञ्चकन्या प्रावि मलबाँसेका शिक्षिका कुमारी बुढाथोकीले बताइन ।

जिल्लाको पोखरी सल्ले माविमा पनि चिसोको कारण विध्यार्थी कम उपस्थिति हुन थालेपछि पठनपाठनमा प्रभावित भएको विध्यालयले जनाएको छ ।

जिल्लाको सबैभन्दा उच्च पहाडी स्थानमा रहेको इनामेको माझखर्क क्षेत्रमा पनि चिसो बढेपछि माझखर्क प्राविलगायतका स्थानका विध्यालयमा विध्यार्थी नै उपस्थित हुन छाडेको सम्बन्धित विध्यालयका शिक्षकले बताएका छन् ।

यस्तै छानागाउँ, बराहालगायत जिल्लाको उच्च स्थानमा बढी चिसो बढेसँगै अहिले विध्यालयका तल्लो तहका कक्षाका विध्यार्थी घरमा नै बस्ने गरेपछि विध्यालयमा पठनपाठन प्रभावित भएको बराहका विष्णु मगरले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us