
लहान, २८ मंसिर–केही दिनयता बढेको शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ ।
मङ्सिरको अन्तिम सातादेखि सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् ।
सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । दूधेबालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतबाट पीडित भएका छन् ।
जिल्लामा चिसाले कठ्याङ्ग्रिएर एक साताअघि सुखीपुर–८ निवासी ६० वर्षीय बौवा सदा र विद्यानगर–२ निवासी ५० वर्षीया आशादेवी मण्डलको मृत्यु भइसकेको छ । रासस