
काठमाण्डु, २८ मंसिर– नेकपा एमालेले आज पोलट्ब्यिुरो चयन गर्ने भएको छ ।
विवादका कारण महाधिवेशन सकिएको पाँच महिना बित्दासमेत एमाले पोलिट्ब्युरोले पूर्णता पाउन सकेको छैन । स्थायी समिति सहमतिमै गठन गरेका नेताहरुले पोलट्ब्यिुरो चयन पनि सहमतिमै हुने बताएका छन् ।
सहमति प्रयासमा अध्यक्ष केपी ओली र नेता माधवकुुमार नेपालबीच केही दिनयता लगातार छलफल भइरहेको छ ।
यसअघि शनिबारै पोलट्ब्यिुरो चयन गर्ने भनिए पनि सहमतिका लागि भन्दै चयन प्रक्रिया आजसम्मका लागि सारिएको थियो ।
केन्द्रीय सदस्इ ठाकुर गैरेका अनुसार ओली र नेपालबीच पोलिट्ब्युरो सदस्यको उम्मेदवारमा सहमति भएपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
एमाले विधानमा १५ वैकल्पिसहित ५४ सदस्यीय पोलिट्ब्युरो रहने व्यवस्था छ ।