भारतीय कमेडियन कपिल भन्छन्, ‘आँसुको मोल नबुझ्नेलाई हाँसोको अर्थ के थाहा ?’

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते १:४९ मा प्रकाशित

kapil sharmaकाठमाण्डु, २८ मंसिर– भारतीय कमेडियन कपिल शर्माले नेपाली दर्शकमाझ कार्यक्रम प्रस्तुत गर्न नपाएकामा दु:ख व्यक्त गरेका छन् ।

‘सुरक्षा’ कारण देखाउँदै शनिबार पूर्वनिर्धारित ‘पर्पल फेस्ट’ रद्द भए पनि नेपाल आएका कपिलले शनिबार साँझ सञ्चारकर्मीमाझ कार्यक्रम प्रस्तुत गर्न नपाएकोमा दु:ख लागेको धारणा व्यक्त गरे ।

‘एकदमै नराम्रो लागेको छ । अन्तिम सययमा आएर कार्यक्रम रद्द हुँदा पक्कै पनि दु:ख लाग्छ । हामी पनि दु:खी छौं’, कपिलले भने ।

पर्दामा हरदम हसाउँने कपिलले हाँस्नु र रुनु जीवनका अभिन्न अंग भएको जनाउँदै जीवनमा बगाएका आँशुले नै हँसाउने प्रेरणा पाएको बताए ।

‘मेरा बुबा सानै उमेरमा बित्नुभएको थियो । त्यसैले आम भारतीयझैं मेरो बाल्यजीवन पनि कष्टपूर्ण रह्यो । हँसाउने पेशामा आउन भवितब्यसँगै ती कठिन दिनको पनि योगदान छ’, उनले गम्भीर हुँदै भने, आँशुको मोल नबुझेसम्म हाँसोको अर्थ बुझिन्न ।’

जनजीवनका सामान्य कुरा प्रस्तुत गरेकाले आफ्नो सो धेरैले मन पराएको कपिलको प्रष्टीकरण थियो ।

‘हामी सोमा अन्तरिक्षका वा अन्य ठूलाठूला कुरा गर्दैनौं । सामान्य मानिसका कुरा गर्छौं । सायद यही कारणले संसारभर हाम्रो सो लोकप्रिय छ’, उनले भने ।

एनसेलले शनिबार ‘पर्पल फेस्ट’ शीर्षकमा कपिलको समूहसँगै भारतीय गायक सोनु निगम, र नेपाली गायक तथा कमेडियनहरु सुगम पोखरेल, यम बुद्ध, जितु नेपाल र विल्सनविक्रम राईले प्रस्तुति दिने कार्यक्रम तय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अन्तिम सययमा सुरक्षाको कार्यक्रम देखाउँदै कार्यक्रम रद्द गराएको थियो ।

कार्यक्रम रद्द हुने थाहा पाएर पनि कपिल टोलीका दुई सदस्य असगर अली र चन्दन प्रभाकरसहित शनिबारै नेपाल आएका थिए । बाचा गरिसकेकाले कार्यक्रम रद्द भए पनि नेपाल आएको कपिलले बताए ।

नागिरक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us