हिन्दू राष्ट्रको विरोध गर्नेको हात काट्ने खुमबहादुरको धम्की

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते १५:५३ मा प्रकाशित

khum_bahadurझापा, २७ मंसिर  काँगे्रेस नेता एवम् हिन्दू राष्ट्र अभियानका संयोजक काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले हिन्दू राष्ट्रको विरोध गर्नेको हात काट्ने धम्की दिएका छन् ।

झापाको दमकमा शनिबार भएको कार्यक्रममा हिन्दू राष्ट्र अभियानको उदघाटन गर्दै खड्काले हिन्दू राष्ट्रको विरोध गर्नेको हात टुक्राटुक्रा पारिदिने बताएका हुन् । उनले हिन्दू राष्ट्र अभियानमा संलग्नमाथि आक्रमण भए त्यसको सामना गर्ने हैसियत आफूहरुसँग रहेको उल्लेख गरे ।

खड्काले निर्धक्क भएर आफ्नो अभियानमा लाग्न सर्वसाधारणलाई आग्रह पनि गरे ।
उनले ९० प्रतिशतभन्दा बढी हिन्दू रहेको मुलुकलाई विदेशबाट आएको डलरको प्रभावमा परेर धर्मनिरपेक्ष घोषणा गरिएको आरोप लगाए । काँग्रेस नेतृत्व माओवादीको पिछलग्गु भएको उनको आरोप थियो ।

उनले पहिलो संविधानसभाले गरेको उक्त गल्ती दोश्रो संविधानसभाले सच्याउनुपर्ने जिकिर गरे ।

खड्काले १२ बुँदे समझदारी गरेर दलहरुले गम्भीर गल्ती भएको बताए । १२ बुँदे समझदारी भएदेखि नै आफ्नो गिरिजाप्रसाद कोइरालासँग विवाद सुरु भएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us