एमाले निर्वाचन आइतबारसम्म स्थगित

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते १२:३८ मा प्रकाशित

uml-office

काठमाण्डु, २७ मंसिर– एमालेको आइतबार हुने भनिएको स्थायी कमिटी तथा पोलिटब्युरो सदस्यको निर्वाचन सहमतीका लागि भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
शनिबार दिउसो मधेसी नेताहरुसँगको छलफलका कारण पार्टीमा सहमती मार्फत स्थायी कमिटी तथा पोलिटब्युरो निर्णय गर्न समय नपुगेको भन्दै आइतवार सम्मका लागि निर्वाचन स्थगित गरिएको हो ।
सहमति जुटाउनका लागि अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको सचिव प्रदिप ज्ञवालीले बताए ।
केन्द्रीय कमिटीको बैठकले नेताहरुलाई सहमतिका लागि आग्रह गरेसँगै सहमति नभएमा निर्वाचनको प्रक्रिया अघि बढाउन केन्द्रीय निर्वाचन आयोगलाई आवश्यक प्रक्रिया पनि प्रारम्भ गर्न जिम्मेवारी दिएको थियो । तर अहिलेसम्म सहमति वा निर्वाचन कुन प्रक्रियाबाट चयन गर्ने भन्ने निधो हुन सकेको छैन् ।
पोलिटब्युरो सदस्यहरुको चयन भएपछि स्थायी कमिटी चयन गर्ने अभ्यास भए पनि सहमतिको वातावरण तयार गर्न पहिला स्थायी कमिटीको चयन गर्न नेताहरुबीच छलफल भइरहेको नेता शंकर पोखरेलले बताए ।
पोलिटब्युरोका लागि २३ जना पूर्ण तथा १५ जना वैकल्पिक सदस्यको चयन हुनेछ । कुल १६ जना पदाधिकारी र पदेन सदस्य हुनेछन् ।
आयोगले मतदाता नामावली भने शुक्रवार नै प्रकाशन गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us