
मुगु, २८ मंसिर– मुगुको रारा गाविसमा एक शिक्षकले छोरी पाएको भन्दै श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् ।
राराको रुमास्थित स्थानीय जनज्योति निमाविका शिक्षक कार्कीबाडा– ७ स्थायी घर माएका ३६ वर्षीय राजबहादुर बिटालुले छोरी पाएको भन्दै श्रीमती छाडेका हुन् ।
एक वर्षअघि गाउँकै एक युवतीसँग यौन सम्पर्क राखेका उनले युवती गर्भवती भएपछि विवाह गरेका थिए ।
उनले एक लाख रुपैयाँ दिएर पत्नीसँग सम्बन्ध विच्छेद गरेको स्थानीयले बताएका छन् ।
एक वर्ष अघि सोही गाँउकी २४ वर्षीया युवतीसँग विवाह गरी जन्मेकी छोरीसमेत आफ्नो नभएको बताउँदै उनले एक लाख रुपैयाँ दिएर गाउँमै सम्बन्ध बिच्छेद गरेका हुन् ।