अनाथलाई सहयोग गर्न दौडेर मेची–महाकाली

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ३:२६ मा प्रकाशित

भीमदत्तनगर, २९ मंसिर– अनाथ बालबालिकाका लागि सहयोग जुटाउन तीन युवा दौडेर मेचीबाट महाकाली पुगेका छन् । उनीहरुले १९ दिनपछि पश्चिमी सिमानामा पुगेर आफ्नो यात्रा समापन गरेका छन् ।

अनाथ बालबालिकालाई संरक्षण दिइरहेको सानो प्रयास संस्थाका लागि सहयोग जुटाउने उद्देश्यले काठमाण्डु महानगरपालिका–१३ छाउनीका राज प्रधान, भरतपुर नगरपालिका–५ नारायणघाटका सुदीप पौडेल र बस्तीपुर–२ सिन्धुलीका उपेन्द्र सुनुवार मेचीबाट दौडेर महाकाली पुगेका हुन् ।

उनीहरुले दैनिक आठदेखि १० घण्टासम्म दौड्ने गरेको र दौडेरै मेचीदेखि महाकालीसम्म एक हजार २८ किलोमिटर पार गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us