
काठमाण्डु,२९ मंसिर– भारतमा अत्यन्त चर्चित ठानिएका भारतीय प्रधानमन्त्री नरेन्द्रदास मोदी ट्वीटर फ्लोअरको आँकडामा पाँचौ नम्बरमा परेका छन् । बलिउड अभिनेता अमिताभ बच्चन चाहिँ पहिलो नम्बरमा छन् ।
अमिताभ बच्चनका एक करोड अठार लाख फ्लोवर रहेका छन् भने मोदीका ८५ लाख फ्लोअर छन् । अच्चम्म त के छ भने ट्विटरमा सबैभन्दा धेरै फलो गरिनेहरुमा बलिउडका अभिनेता नै रहेका छन् ।
बर्ष २०१४ का सबैभन्दा धेरै फलो गरिने ‘टप २०’ को सूचीमा अधिकांश बलिउडका अभिनेता रहेका छन् । ‘टप २०’ को सूचीमा छिटफुट रुपमा दुई खेलाडी तथा एक लेखक परेका छन् ।
भारतमा सबै भन्दा कम फ्वलो गरिनेहरुमा राजनीतिक नेता नै परेका छन् । यसलाई भारतमा राजनीतिक नेताहरु प्रति देखिएको मध्यम वर्गको उदासिनताका रुपमा हेरिएको छ ।
आम मानिसहरुलाई राजनीतिक ब्यक्ति, मुद्दाभन्दा कलाकार र खेलाडीहरु तर्फ आकर्षण रहेको यसले सूचीले देखाएको छ ।
ट्वीटरले सार्वजनिक गरेको टप २० को लिस्टमा पहिलो देखि चौथो सम्म भारतीय अभिनेताहरुले नै स्थान ओगटेका छन् । पहिलो हुने अभिताभ पछि क्रमशः चौथो स्थानसम्म बलिउडका खानहरुको नै वर्चश्व देखिएको छ ।
भारतीय बलिउडका अभिनेताहरुको पछिपछि भारतीय प्रधानमन्त्री मोदी रहेका छन् । त्यसै री अन्य छैठौं देखि १४ औं नम्बर सम्म भारतीय फिल्म उद्योगका कालाकार, निर्देशक तथा संगितकार परेका छन् ।
१५ औं र १६ औं स्थानमा भारतीय क्रिकेटर सचिन तेन्दुलकर तथा विराट कोहली रहेका छन् । २० औं स्थानमा भारतीय लेखक चेतन भगत छन् ।