कमल थापालाई अध्यक्षबाट पदमुक्त गरिएको घोषणा

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते १२:२४ मा प्रकाशित

kamal thapaकाठमाण्डु, २९ मंसिर–राप्रपा नेपालको असन्तुष्ट समूहले अध्यक्ष कमल थापालाई पार्टीबाट निष्काशन गरेको घोषणा गरेको छ ।

राप्रपा नेपाल सुदृढीकरण अभियानको मंसिर २७ र २८ गते ललितपुरमा बसेको केन्द्रीय समिति बैठकले थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

अभियानका संयोजक सगुन लावतीले सोमबार विज्ञप्ति जारी गरी थापालाई हटाउने निर्णयलाई वैधता दिन गाउा, नगर, क्षेत्र र जिल्लास्तरका संगठन विस्तार गर्दै महाधिवेशन आयोजना गर्ने उल्लेख छ ।

‘कमल थापालाई वैधानिक रूपमा पदमुक्त गरेर राप्रपा नेपाललाई सही मार्गमा अभ्यस्त गराउन अझ तत्परताकासाथ अघि बढ्ने निर्णय गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
यद्यपि थापा समूहले वरिष्ठ नेता पदमसुन्दर लावतीसहित असन्तुष्ट पक्षका सबै नेतालाई यसअघि नै पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिसकेको छ ।

अभियानले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रसापेक्ष संविधानको राष्ट्रिय आवश्यकता र जनताको माग समावेश नगरी माघ ८ गते संविधान जारी गर्ने षड्यन्त्र भइरहेको भन्दै समान विचारधारा भएका राजनीतिक शक्ति, धार्मिक संघसंस्था, नागरिक समाजलगायतको समन्वय र सहकार्यमा र आन्दोलन गर्ने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us