
बनेपा, २९ मंसिर–जिल्ला अदालत काभ्रेले ७३ वर्षीया वृद्धालाई बलात्कार गर्ने एक जनालाई सोमबार पाँच वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले गोकुले गाविस–७ बस्ने ४५ वर्षीय उत्तरमान घलानलाई सो कैद र जरिवानाको फैसला गरेको अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।
घलानले सोही गाविसस्थित राजीडाँडाको जङ्गलमा गत साउन २३ गते वृद्धालाई बलात्कार गरेका थिए । पीडित वृद्धाले आफूलाई बलात्कार भएको भन्दै गत साउन ३० गते प्रहरीमा जाहेरी दिएको र गत भदौ १६ गते जिल्ला अदालत काभ्रेमा जर्बजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको थियो । रासस