नेपाली सेनाद्वारा कपडा वितरण

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ११:४८ मा प्रकाशित

गौशाला, २९ मंसिर– शीतलहर र बढ्दो जाडोबाट प्रभावित महोत्तरीको धबौलीको दलित बस्तीमा नेपाली सेनाले कपडा बितरण गरेको छ ।

सेनाको प्रकौलीस्थित शेरगणले जलेश्वर नगरपालिकाको वडा नं १३ स्थित मुसहर र चमार बस्तीका ८५ घरपरिवारलाई आइतबार न्यानो कपडा वितरण गरेको गणका गणपति विष्णुबहादुर कार्कीले बताए ।

सेनाले सो दलित बस्तीका बालबालिका, महिला तथा पुरुषगरी तीन सय ५० जनालाई स्वीटर, सल, साडी, ज्याकेट, टोपी, भोटो, चोलोलगायतका न्यानो कपडा वितरण गरेको हो ।

विगत तीनदिनदेखि निरन्तर चलेको शीतलहर र जाडोबाट महोत्तरीको जनजीवन प्रभावित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us