
काठमाण्डु, २९ मंसिर– संयुक्त राज्य बेलायतले नेपालका लागि आफ्ना राजदूत एण्डी स्पार्कलाई फिर्ता बोलाउने संकेत गरेको छ ।
काठमाण्डुस्थित बेलायती दूतावासले राजदूत स्पार्ककले धर्म परिवर्तनका पक्षमा वकालत गरेकामा खेद व्यक्त गरेपछि त्यस्तो संकेत मिलेको हो ।
दूतावासले सोमबार विज्ञप्ति निकालेर उनको अभिव्यक्ति दूतावासको नभई स्पार्कको व्यक्तिगत भएको भएको जनाएको छ ।
उक्त धारणा बेलायती दूतावासको नभएको भन्दै विज्ञप्तिमा उक्त विषयमा निर्णय गर्ने अधिकार नेपाली जनता र जनप्रतिनिधिसँग सुरक्षित रहेको उल्लेख छ ।
यस्तै विज्ञप्तिमा नेपाली जनताको संस्कृतिप्रति बेलायतको उच्च सम्मान रहेको स्पष्ट गरिएको छ ।
राजदूत स्पार्क भने आइतबार दुई साता लामो बिदा लिएर बेलायत गएका छन् ।