
काठमाण्डु, २९ मंसिर– नेपाली काँग्रेस मुस्ताङका नेता वसन्त गौचनको निधन भएको छ ।
पर्यटन व्यवसायीसमेत रहेका ६१ वर्षीय गौचनको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनी सभासद् एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका सहोदर दाजु हुन् ।
उनी काँग्रेस मुस्ताङका वरिष्ठ जिल्ला सदस्य, महासमिति सदस्य र महाधिवेशनप्रतिनिधि समेत थिए ।
गौतनको शव आइतबारै काठमाण्डु ल्याइएको छ । उनको पार्थिव शरीरमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइरालाले सोमबार पार्टी झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरे ।
उनको सोमबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गौचनका श्रीमती र दुई छोरा छन् ।