समाचार

किन भेटे वैद्यले चिनियाँ उपमन्त्रीलाई ?

२०७१ पुष १ गते १३:४०

काठमाण्डु, १ पुस– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन फङ्गसियङसँग भेटवार्ता गरेका छन् । मंगलबार आफ्नै निवास धापासीमा उपमन्त्री छनलाई भेट्दै किरणले आफ्नो पार्टीको राजनीतिक लाइनबारे बिफ्रिङ गरेको बताइएको छ । संविधान निर्माणमा गतिरोध कायमै रहेको र माओवादी...

सर्वोच्चले भन्यो– सुकुम्बासीलाई जग्गा नदेऊ !

२०७१ पुष १ गते १३:०२

काठमाण्डु, १ पुस– सर्वोच्च अदालतले अव्यवस्थित बसोबास गर्दै आएका भूमिहीन किसानलाई जग्गा वितरण गर्ने काम तत्कालका लागि अघि नबढाउन सुकुम्बासी समस्या समाधान आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । सुकुम्बासीलाई वितरण गरिने जग्गाको प्रक्रिया नमिलेकाले तत्कालका लागि रोक लगाउन माग गर्दै अधिवक्ता चन्द्रमणि...

नक्कली बिलबुक बनाई मोटरसाइकल बेच्ने पक्राउ

२०७१ पुष १ गते १२:५८

काठमाण्डु, १ पुस– भन्सार छली गरी मोटरसाइकल बिक्री गर्ने गिरोहमध्येका दुई जनालाई प्रहरीले काठमाण्डुबाट प्रक्राउ गरेको छ । प्रहरीले उनीहरुसँग दुई थान बा४६प १७६५ नम्बरको र लु १५प ३१७४ नम्बरको रोयल इन्फिल्ड मोटरसाईकल र तीनका बिलबुक जफ्त गरेको छ । पक्राउ पर्नेमा कैलाली मालाखेती...

७९१ विद्यार्थी दीक्षित

२०७१ पुष १ गते १२:१४

काठमाण्डु, १ पुस–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले दश वर्षपछि दोस्रो दीक्षान्त समारोहको आयोजना गरेको छ । प्रतिष्ठानद्वारा आयोजित विशेष समारोहमा ७९१ जना दीक्षित विद्यार्थीहरूलाई दीक्षान्त प्रदान गरिएको थियो । प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री सुशील कोइरालाले डाक्टर अफ मेडिसिनमा १४ जना, एमडी÷एमएस÷एमडिएसतर्फका ६०६ जना र पिबिबिएनका...

मोदीद्वारा पाकिस्तानमा भएको हमलाको भत्र्सना

२०७१ पुष १ गते १२:१३

एजेन्सी– पाकिस्तानको एक स्कुलमा विद्रोहीद्वारा भएको आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भत्र्सना गरेका छन् । मोदीले आफ्नो ट्वीटरमा लेख्दै भनेका छन्, ‘यो असंवेनशील आक्रमण हो, यस्तो बर्बरताको कुनै बयान गर्न सकिन्न… जसमा सबैभन्दा निर्दोष व्यक्तिहरु र स्कुल पढ्ने बालबालिकाका परेका छन् ।’ मोदीले आफन्त...

संविधान सभामा छलफल जारी : प्रक्रिया कि सहमति ?

२०७१ पुष १ गते ११:५४

काठमाण्डु, १ पुस– संविधान निर्माण सम्बन्धी  सत्तारुढ दल र प्रतिपक्षी दलबीचको विवाद मंगलबारको संविधान सभा बैठकमा पनि सतहमै देखियो । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि भएको छलफलमा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री तथा नेपाली काँग्रेसका नेता नरहरि आचार्यले आगामी माघ...

जिल्लाका चार सय ४१ स्थानको माटो परीक्षण सुरु

२०७१ पुष १ गते ११:२८

प्युठान, १ पुस–जिल्ला कृषि विकास कार्यालय प्युठानले जिल्लाका चार सय ४१ स्थानको माटो परीक्षण सुरु गरेको छ । जिल्लामा व्यावसायिक र उन्नत जातका कृषि उपजहरू उत्पादन गर्न माटोको परीक्षण गर्न लागिएको कार्यालयले जनाएको छ । माटो विकास निर्देशनालय, काठमाडौँ र क्षेत्रीय माटो नमूना परीक्षण...

अल्पविकसित मुलुकको एसिया–प्रशान्त सम्मेलन राजधानीमा सुरु

२०७१ पुष १ गते १०:४२

काठमाडौँ, १ पुस । ‘एसिया–प्रशान्त क्षेत्रका अल्पविकसित मुलुकहरुको स्तरोन्नति तथा सन् २०१५ पछिका विकासका कार्यसूची विषयक एसिया–प्रशान्त क्षेत्रका अल्पविकसित मुलुक र संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरू सम्मिलित तीनदिने बैठक मंगलबारदेखि राजधानीमा सुरु भएको छ । नेपाल सरकार र अल्पविकसित, भूपरिवेष्टित तथा साना टापू राज्यहरुका लागि...

पहाडी क्षेत्रमा बुधबारदेखि घाम लाग्ने, तराईमा शीतलहर बढ्न सक्ने

२०७१ पुष १ गते १०:०९

काठमाण्डु, १ पुस– पश्चिमी वायुका कारण बढेको चिसोले काठमाण्डु उपत्यकासहित देशैभरिको जनजीवन प्रभावित पारेको छ । देशका अधिकांश स्थानमा वर्षा तथा हिमपात भएको छ । मौसमविद्का अनुसार बुधबारदेखि उपत्यकासहित अधिकांश क्षेत्रमा घाम लागे पनि चिसो घट्ने संकेत नरहेको र तराईमा भने शितलहर हुन सक्ने...

दर्ता नै नगरी फिरफिरे संचालनमा

२०७१ पुष १ गते ९:१३

गोरखा, १ पुस–बुंकोट र नाम्जुङ गाविसको सिमानामा पर्ने बही खोलाको किनारमा मापदण्ड बेगर फिरफिरे संचालनमा छन् । विभिन्न बालुवा खानीबाट उत्खनन गरिएका बालुवा धुनका लागि स्थानीय व्यवसायीले दर्ता नगरी फिरफिरे सञ्चालन गरेका हुन् । बहीखोला किनारका फिरफिरे बोर्लाङ, बुंकोटघाटका मोहनकुमार श्रेष्ठले सञ्चालन गरेका हुन्...

यतिखेरै किन सम्झे सुशीलले ०४६ साल ?

२०७१ पुष १ गते ८:४९

काठमाण्डु, १ पुस– नयाँ संविधान निर्माणका सन्दर्भमा २०४७ सालको संविधानमै हेरफेर गर्ने बहस समेत चलिरहेका बेला प्रधानमन्त्री सुशील कोइरालाले २०४६ सालको आन्दोलनको स्मरण गरेका छन् । पुस १ गते राजा महेन्द्रले सत्ता हातमा लिएको दिन पारेर प्रधानमन्त्री कोइरालाले प्रजातन्त्रको पुनर्बहाली भएको आन्दोलन भन्दै २०४६...

तस्करी हुँदै गरेको २३ किलो सुन बरामद

२०७१ पुष १ गते ८:०८

सिन्धुपाल्चोक, १ पुस- स्याउ बोक्ने कन्टेनरमा राखेर तस्करी हुँदै गरेको २३ किलो सुन प्रहरीले बरामद गरेको छ । चीनको खासबाट काठमाडौं ल्याइदै गरेको सुन भक्तपुरको जगतेमा प्रहरीले राति १२ बजे बरामद गरेको हो । चालक बस्ने सिट नजिकै प्लास्टिकभित्र सुन राखिएको अवस्थामा प्रहरीले सुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us