किन भेटे वैद्यले चिनियाँ उपमन्त्रीलाई ?

काठमाण्डु टुडे २०७१ पुष १ गते १३:४० मा प्रकाशित

काठमाण्डु, १ पुस– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन फङ्गसियङसँग भेटवार्ता गरेका छन् । मंगलबार आफ्नै निवास धापासीमा उपमन्त्री छनलाई भेट्दै किरणले आफ्नो पार्टीको राजनीतिक लाइनबारे बिफ्रिङ गरेको बताइएको छ ।

baidhya
संविधान निर्माणमा गतिरोध कायमै रहेको र माओवादी पार्टीमा पुनः विभाजन आएको अवस्थामा किरणले चिनियाँ नेतालाई घरमै बोलाएर किन भेटे त ? किरण र उपमन्त्री छनबीच कुन कुन विषयमा छलफल भयो भन्ने चाहिं पार्टीले सार्वजनिक गरेको छैन ।
भेटमा दुवै पक्षले दुई देश र दुई पार्टीका बीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ समृद्ध बनाउँदै लैजानेमा वचनबद्धता प्रकट गरेको प्रवक्ता पम्फा भुसालले बताइन् ।

भेटमा माओवादीका तर्फबाट महासचिव रामबहादुर थापा ‘बादल’ सहितको टोली र चिनियाँ पक्षबाट चिनियाँ राजदूत ऊ चुन्ताईसहितको टोली उपस्थित रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us