नक्कली बिलबुक बनाई मोटरसाइकल बेच्ने पक्राउ

काठमाण्डु टुडे २०७१ पुष १ गते १२:५८ मा प्रकाशित

काठमाण्डु, १ पुस– भन्सार छली गरी मोटरसाइकल बिक्री गर्ने गिरोहमध्येका दुई जनालाई प्रहरीले काठमाण्डुबाट प्रक्राउ गरेको छ ।

pakrau-arrest
प्रहरीले उनीहरुसँग दुई थान बा४६प १७६५ नम्बरको र लु १५प ३१७४ नम्बरको रोयल इन्फिल्ड मोटरसाईकल र तीनका बिलबुक जफ्त गरेको छ ।
पक्राउ पर्नेमा कैलाली मालाखेती गाविसका ग्रिसबहादुर सिंह र धादिङ्ग ज्याम्बु घर भएका गौतम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले नक्कली बिलबुक, पाछ तथा हस्ताक्षर गरी बेच्दै आएको प्रहरीको भनाई छ । बरामद भएका मोटरसाइकलहरु धनगढीबाट भित्रायाई काठमाण्डु ल्याइएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
चोरी गरिएको मोटरसाइकल तथा भन्सारछली गरी ल्याउने मोटरसाइकल गिरोहलाई प्रहरीले खोजी गरि रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us